arrow

लमजुङमा आफैँलाई भोट हाल्न नपाउने यी 'टुरिष्ट' उम्मेदवार

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
dev-gurung_.jpg.jpg

काठमाडौं । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मनोनयन भएपछि एउटा शब्द निक्कै चर्चित बनेको छ, 'टुरिष्ट' उम्मेदवार । यसको अर्थ आफ्नो मतदाता परिचय पत्र नभएको ठाउँमा गएर उम्मेदवारी दिनु । 

यस्ता टुरिष्ट उम्मेदवारहरु यस अघि शीर्ष नेताहरुमा मात्रै धेरै हुने भएपनि बाम गठबन्धनमा जोडिएपछि साना नेताहरु पनि भागबण्डाका कारण टुरिष्ट उम्मेदवार बनेर उठ्ने गरेका छन् । 

त्यस्तै, यो चुनावमा त्यस्तै उम्मेदवार बनेका छन् माओवादी नेता देव गुरुङ पनि । मनाङ र कास्की–१ पहिलो संविधानसभा निर्वाचनमा विजयी बनेका उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपाली भने मनाङ छाडेर लमजुङबाट उम्मेदवार बनेका छन् ।

बाम गठबन्धनमा निकै ठूलो रस्साकस्सी पछि टिकट पाएका उनले यो चुनावमा एमालेको समेत समर्थनमा काँग्रेसका पुराना नेता दिल बहादुर घर्तीसँग प्रतिस्पर्धा गर्दैछन् । तर, टुरिष्ट यानकी पाहुना उम्मेदवारको रुपमा आलोचनाको शिकार बनेका उनलाई सो क्षेत्रमा माहोल बनाउन भने निकै कठिन भईरहेको छ । 

मतदाता नामावलीमा नाम अर्कै जिल्लामा भएका कारण आफैंलाई आफैंले भोट हाल्न नपाउने उम्मेदवार समेत रहेका गुरुङको भन्दा सो क्षेत्रमा घर्तीकै बलियो माहोल चुलिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ