arrow

देवी ज्ञवालीले प्रचण्डलाई भाेट मागे : अस्तिको कुरा विर्सें, अब प्रचण्डलाई जिताउनुस्

एउटै मञ्चमा भाषण

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
devi_gyawali.JPG

काठमाडौं । पूर्व प्रधानमन्त्री, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र दाहाल पुत्री रेणुसँग भरतपुर महानगरको मेयरमा चुनाव लडेका देवी ज्ञवाली एकै मञ्चमा देखिएका छन् ।

दुवैले एकै मञ्चमा सम्बोधन समेत गरेका छन् । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार  दाहालले समृद्ध चितवन र नेपालको परिकल्पनासहित आफूले गृह जिल्लाबाटै उम्मेदवारी दिएको बताए ।  

आइतबार दिउँसो चितवनको गंगानगरमा आयोजित प्रचण्ड विजय अभियान कार्यक्रमको गर्दै दाहालले भने, “मलाई धेरै जिल्लाका साथीहरुले हाम्रो जिल्लाबाट चुनाव लड्नुपर्यो भनेर अनुरोध गर्नुभएको थियो । तर, मैले यसपटक चितवनबाटै चुनाव लड्ने अठोटका साथ आएको छु । म चुनाव जित्न मात्रै चितवन आएको होइन, चितवनको समृद्धिमार्फत् देशमा एउटा नयाँ सन्देश दिन र देशको नेतृत्व लिन तपाईहरुको बीचमा आएको छु ।”
‘अब चितवनका सबै सडकहरु कालोपत्रे हुनेछन्, चितवनका सुकुम्बासीका समस्या समाधानका लागि बैकल्पिक व्यवस्था गरिनेछ’, अध्यक्ष दाहालले भने, ‘जंगली जनावरको विध्वंश नियन्त्रण गर्न, नारायणी र राप्तीमा तटबन्ध गर्न, सबै सडकहरुलाई कालोपत्रे गर्न हामीले विशेष पहल गर्नेछौं । नारायणी र राप्तीमा तटबन्ध गरी रिङ्गरोड बनाएर चितवनको पर्यटकीय विकास गरिनेछ । पर्यटन, शिक्षा, स्वास्थ्य, जलविद्युतका सम्भावनाहरुलाई प्रचुर मात्रामा प्रयोग गरिनेछ । समृद्ध चितवनको निर्माण हाम्रो सपना हो ।’

एमाले नेता देवी ज्ञवालीले राष्ट्रिय स्वार्थसामू व्यक्तिगत स्वार्थ प्रमूख हुन नसक्ने बताए । उनले भनेका छन्, ‘कतिपयले मलाई अस्तिको कुरा बिर्सिस् भनेर सोध्नुहुन्छ । हो मैले अस्तिको कुरा बिर्सें । राष्ट्रिय  हितका सामू मेरो व्यक्तिगत स्वार्थ ठूलो हुन सक्दैन । नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने सपना सार्थक पार्न प्रचण्डको जीत अनिवार्य छ ।’

शनिबार मात्रै माओवादी केन्द्रमा प्रवेश गरेका राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले प्रचण्डको विजयका लागि आफू माओवादी केन्द्रमा आएको बताए । उनले भने, ‘बरु प्रचण्डलाई चितवन जरुरी नपर्ला । तर, चितवनलाई प्रचण्ड जरुरी छ । मैले माटो मूठीमा लिएर चितवनको विकास सोचें, समृद्धि सोचें । प्रचण्डको जीतले मात्रै चितवनको विकास सम्भव देखेर माओवादी केन्द्रमा आएको छु । हामीले प्रचण्डलाई कम्तिमा २० हजारको मत अन्तरले विजय बनाएर देखाउने छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ