arrow

सिन्धुपाल्चोकमा कांग्रेस प्रवेश गर्नेको ओइरो, नव प्रवेशीलाई भित्राए मोहन बस्नेतले

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
mo.jpg

काठमाडौं ।  सिन्धुपाल्चोकमा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । एक सय भन्दा बढी संख्यामा रहेका कार्यकर्तालाई  सूचना तथा सञ्चारमन्त्री मोहनकुमार बस्नेतले आइतबार टीका लगाएर कांग्रेसमा स्वागत गरेका छन् ।

सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर १ को जलवीरेमा आयोजित सो पार्टी प्रवेश तथा चुनावी भेलालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वाम गठबन्धनले जितेमा वर्षौं लडेर ल्याएको लोकतन्त्र गुम्ने बताए ।

बस्नेतले मीठा नाराभन्दा काम गर्ने व्यक्तिलाई विश्वास गर्न समेत आग्रह गरे । जिल्लाका मुख्य पूर्वाधार निर्माणमा आफू लामो समयदेखि सक्रिय रहेको र भविष्यमा पनि रहने भएकाले लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न बस्नेतले आग्रह गरे । पाँच वर्षभित्र सबै जनताको घरमा पक्की मोटर बाटो पुर्‍याउने एकमात्र संकल्प आफूले लिएको र त्यसलाई पूरा गराउन पनि मतदान गर्न उनले आग्रह गरे ।

जिल्लाका उच्च तहका सबै स्थानमा टेलिफोन टावर राख्ने कार्यका लागि सर्भे गर्ने कार्य सुरु भएको भन्दै मन्त्री बस्नेतले आगामी पाँच वर्षमा त्यो पूरा हुने बताए ।

सिन्धुपाल्चोकमा राप्रपा प्रजातान्त्रिक र नेपाली कांग्रेसको संयुक्त चुनावी गठबन्धन प्रतिस्पर्धामा छ । सिन्धुपाल्चोकमा दुई क्षेत्रमध्ये १ नम्बरमा बस्नेत आफैं प्रतिनिधिसभाका उम्मेदवार हुन् भने वाम गठबन्धनका तर्फबाट माओवादीका नेता अग्नि सापकोटा उम्मेदवार छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ