arrow

डोटीमा पनि नयाँ शक्तिले काँग्रेसलाई सघाउने, उम्मेदवारी फिर्ता

logo
गणेश मौनी,
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
Doti_congress.jpg

डोटी ।  मंसिर २१ गते हुने दोस्रो चणमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा नयाँ शक्ति पार्टीले डोटीमा नेपाली काँग्रेलाई सघाउने भएको छ ।

नेपाली काँग्रेस र नयाँ शतिm नेपाल डोटीले काँग्रेसको पार्टी कार्यालयमा गरेको संयुक्त पत्रकार सम्मेलनमा ११ बुँदे सहमति भएको प्रेश विज्ञप्ती सार्वजनिक गरे ।

देशको राजनीतिक अवस्थालाई हेर्दै आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा लोकतान्त्रिक शतिm मुलुक र जनताका लागि अपरिहार्य रहेको र कम्युनिष्ट शासनले नेपालको उन्नती प्रगती तथा आर्थिक उन्नती तथा विकास हुन नसक्ने दुबै पार्टीको निष्कर्ष छ ।

विज्ञप्तिमा, ‘हामी लोकतान्त्रिक शक्तिहरुबीच ७ नम्बर प्रदेशको प्रान्तीय राजधानी दिपायल कायम गर्न, खुटीया वीपीनगर दिपायल सडक यथाशिघ्र विस्तार गर्न, पश्चिम सेती जलविद्युत परियोजना अविलम्ब कार्यान्वयन गर्न, जिल्लाको सबै बस्तीहरुमा विद्युतीकरण गर्न, दिपायलस्थित विमानस्थल यथासिध्र संचालन गर्न, आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा डोटी नेपाली कांग्रेसका प्रत्यक्ष तर्फका उमेदवारहरुलाई नयाँ शक्ति पार्टीले समर्थन गर्ने छ, –भनिएको छ ।

कांग्रेसका जिल्ला सभापति प्रदिप कुमार देउवा र नयाँ शक्ति डोटीका संयोजक कैलाश सिंह साउदको हस्ताक्षर रहेको प्रेस विज्ञप्तीमा काँग्रेसलाई समर्थन गर्ने र आफ्ना उमेदवारहरुको उमेदवारी फिर्ता लिने उल्लेख छ ।

दुई पार्टीबीच समानुपातिकतर्फ आफ्ना पार्टीका लागि मत माग्ने र प्रत्यक्षतर्फ काँग्रेस उमेदवारहरुलाई विजयी गराउनको लागि संयुक्त रुपमा चुनावी अभियान संचालन गर्ने लगायतका ११ बुदाहरुमा साझा सहमति भएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ