arrow

रमेश लेखकलाई नयाँ शक्तिको समर्थन, लोकतान्त्रिकका बागी फिर्ता

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
lekhak.jpg

कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर –३ मा नेपाली काँग्रेसका उम्मेदवार रमेश लेखकलाई समर्थन गर्दै नयाँ शक्ति पार्टीका जनकसिंह साउँदले उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै, कांग्रेसबाट बागी उठेका प्रेमकुमार बिष्टले पनि लेखकलाई समर्थन गर्दै  उम्मेदवारी फिर्ता लिएका छन् । यी दुईले उम्मेदवारी फिर्ता लिएपछि लेखकलाई चुनावी मैदान सहज भएको छ भने बाम गठबन्धनका बागीले उम्मेदवारी फिर्ता नलिएपछि वाम गठबन्धनमा भने निरासा छाएको छ ।

बाम गठबन्धनबाट बागी उम्मेदवार भएका हिरासिंह बिष्ट र कर्णबहादुर चन्दले भने उम्मेदवारी फिर्ता लिएका छैनन् । लेखक जस्तो विकाशप्रेमी र राष्ट्रिय छवि बनाएको नेतालाई फेरि केन्द्रमा पुर्‍याउन आवश्यक भएकाले उहाँलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको नयाँशक्तिका उम्मेदवार र कांग्रेसबाट बागी रहेका विष्टले बताए ।

कञ्चनपुर क्षेत्र नम्बर–३ कै प्रदेश ‘क’ बाट प्रदेश सभामा उम्मेदवारी दिएका राप्रपाका पूर्णबहादुर चन्द र प्रदेश ‘ख’ बाट उम्मेदवारी दिएका गजेन्द्रबहादुर चन्दले पनि नेपाली कांग्रेसका उम्मेदवारहरुलाई समर्थन गर्दै आईतबार उम्मेदवारी फिर्ता लिएका छन् ।

कञ्चनपुर क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदबिरुद्व बागी उम्मेदवारी दिएका शिद्घराज भट्ट तथा प्रदेश ‘क’ बाट बलराम पन्त र ‘ख’ बाट तुलाराज शाहले पनि कांग्रेसलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ