कञ्चनपुरमा लोकतान्त्रिकका वागीले लिए उम्मेदवारी फिर्ता , बामको वागी कायमै
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
118
Shares
पुनर्वास,कञ्चनपुर। मंसिर २१ गते हुने संघ र प्रदेशको निर्वाचनमा टिकट बितरणमा अन्याय भएको भन्दै बिहीबार निर्वाचन कार्यालयमा बागी उम्मेदवारी दर्ता गराएका काँग्रेस सहित लोकतान्त्रिक अन्य १२ जनाले उम्मेदवारी फिर्ता लिए पनि बाम उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेस केन्द्रिय सदस्य एनपी साँवदका विरुद्ध प्रतिनिधि सभाकालागी बागी उम्मेदवारी दर्ता गराएका सिद्धराज भट्ट र नयाँ शक्ति नेपालका प्रेम धानुक नेलाली काँग्रेसका अर्का केन्द्रिय सदस्य रमेश लेखक विरुद्ध उम्मेदवार बनेका प्रेमकुमार बिष्टले आज उम्मेदवारी फिर्ता लिएका हुन । यसरी नै क्षेत्र नम्बर २ को प्रदेश सभाका लागि उम्मेदवारी दिएका काँग्रेसका तुलाराम साहु,सिबसेनाका मदनराज भट्ट ,राप्रपाका बमबहादुर रानाले उम्मेदवारी फिर्ता लिएका छन ।
क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राप्रपाका डिल्लीबहादुर शाही,प्रदेश सभाका लागि उम्मेदवारी दिएका बलराम पन्त,दिपक नाथ ले आज उम्मे,फिर्ता लिएका छ्न । आज निर्वाचन कार्यालयबाट उम्मेदवारी फिर्ता लिनेहरुमा निर्वाचन क्षेत्र नम्बर ३ पुर्णबहादुर चन्द,गजेन्द्र बहादुर चन्द र भिम कुमालले उम्मेदवारी फिर्ता लिएका हुन ।
आज उम्मेदवारी फिर्ता लिने अन्तिम समय भित्र लोकतान्त्रिक उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिए पनि बामपंथी उम्मेदवारहरुको उम्मेदवारी भने कायमै रहेको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ एमालेबाट बागी उम्मेदवार बनेका राजेन्द्रप्रसाद जोशी, हिरा बिष्ट र निर्वाचन क्षेत्र नम्बर ३ बाट एमालेबाट बागी उम्मेदवारी दर्ता गराएका कर्ण बहादुर चन्दको उम्मेदवारी कायमै रहदा बाम गठबन्धनका उम्मेदवारहरुलाई सकस पर्ने देखिएको छ ।