arrow

आरजुको कैलाली ५ मा क-कसले लिए उम्मेदवारी फिर्ता 

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
Aarju_rana.jpg

काठमाडौं । काँग्रेस नेतृ आरजु राणा देउवाले उम्मेदवारी दिएको कैलाली ५ मा प्रतिनिधि सभा तर्फ २ जनाले उम्मेदवारी फिर्ता गरेका छन् । निर्वाचन अयोगले आईतबारका लागि उम्मेदवारी फिर्ता लिन तोकेको समयमा नेपाली काँग्रेस विपीका उम्मेदवार र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवारको उम्मेदवारी फिर्ता भएको मुख्य निर्वाचन अधिकारी विष्णुप्रसाद अर्यालले जानकारी दिए । 

त्यस्तै, एक जनाले प्रदेश सभा तर्फ उम्मेदवारी फिर्ता लिएको उनले जानकारी दिए । उम्मेदवारी फिर्ता लिएको नेपाली काँग्रेस विपीका उम्मेदवारले आफू आरजु राणाको वागी उम्मेदवार भएको जनाएको थियो । भिन्दै पार्टीबाट उम्मेदवारी दिएको भएपनि वागी भनिएको सो उम्मेदवारी पनि फिर्ता भएको हो । नयाँ शक्ति नेपालका उम्मेदवारले पनि उम्मेदवारी फिर्ता गरेसँगै प्रधानमन्त्री पत्नी समेत रहेकी देउवालाई चुनाव जित्न झनै सजिलो भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ