arrow

एमाले बागीका कुरामात्र ठूला समय आएपछि खुट्टा लुला 

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
CPN-UML-Flag.jpg.jpeg

काठमाडौं । एमाले बागीका ‘कुरामात्र ठूला समय आएपछि खुट्टा लुला’ भन्ने भनाइ सत्य सावित भएको छ । काठमाडौं क्षेत्र नम्बर २ मा पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई टक्कर दिन उठेका उनकै पार्टीका लक्ष्मीप्रसाद श्रेष्ठले उम्मेदवारी फिर्ता लिएर पार्टीमा केवल बार्गेनिङ गर्ने ठाउँमात्र राखेका छन् । 

शुक्रबार हाम्राकुरासंगको कुराकानीमा कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताएर सनसनी मच्याएका श्रेष्ठले उम्मेदवारी फिर्ता लिने दिन आइतबार भने १० बजे नै सम्बन्धित स्थलमा गएर उम्मेदवारी फिर्ता लिएका छन् । 

उम्मेदवारी फिर्ता लिएपछि पुनः हाम्राकुरासंग उनले भने, ‘पार्टीसंग छलफल भयो, कतै एड्जस्ट हुने कुरो भयो त्यसैले उम्मेदवारी फिर्ता लिएँ ।’

नेतृत्वले माफी नमागेसम्म कुनै पनि हालतमा उम्मेदवारी फिर्ता लिन्न भन्ने अडान राखेका श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि भने कुरा फेर्दै भने, ‘म पनि पार्टीकै मान्छे भएपछि पार्टीले मसंग हैन मैले पो माफी माग्ने हो । माधव कमरेडले पनि माफी माग्नु परेन ।’

श्रेष्ठले आप्mनो उम्मेदवारी फिर्ता भएपछि माधव कमरेडले जित्ने निश्चित भएको पनि बताए । 

पहिले के भनेका थिए श्रेष्ठले यो समाचार पढौं ।

माधव नेपालका बागी भन्छन् – पार्टीको कार्यकर्ता हेप्ने प्रवृत्तिविरुद्ध उम्मेदवारी दिएको हुँ

 http://hamrakura.com/news-details/32420/2017-11-03



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ