वामदेवसँग प्रतिस्पर्धा गर्ने गौतम भन्छन् 'जनताले मलाई जिताउँछन्'
०७० का दुई सांसद्बीचको रोचक छ भीडन्त
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
127
Shares
काठमाडौं । प्रधानमन्त्रीको नाममा चर्चा भईसकेका र बाम गठबन्धनले चुनाव जिते त प्रधानमन्त्रीका सम्भावित उम्मेदवार नै रहेका बामदेव गौतमसँग प्रतिस्पर्धामा छन् काँग्रेस बाट अर्का गौतम । अर्थात् सञ्जय कुमार गौतम । थरले एउटै थर भएपनि उनीहरु आफन्त भने होईनन् । गौतम काँग्रेसको जिल्ला अध्यक्ष हुन् भने अर्का वामदेव गौतम एमालेका केन्द्रीय उपाध्यक्ष हुन् ।
उनीहरुबीच यो पटक चुनावी भीडन्त हुन्दैछ । २०६४ मा वर्दिया क्षेत्र नं १ मा नेकपा माओवादीकी सरला रेग्मीसँग पराजीत भएका बामदेव गौतम सोही वर्ष वर्दिया क्षेत्र नं २ बाट माओवादीका विष्णुप्रसाद चौधरीसँग पराजीत भएका थिए । मनान्तरको हिसावले पनि दुबैको मत त्यति तलमाथि थिएन ।
२०७१ सालको चुनावमा उनीहरु दुबै जना २०६४ सालमा पराजीत भएको ठाउँमा नै उम्मेदवार बने र दुबैले चुनाव जिते पनि । त्यतिबेला वर्दियामा ३ वटा निर्वाचन क्षेत्र थियो । तर, अहिले वर्दियामा दुई क्षेत्र मात्रै रहेका छन् । जसले गर्दा यी दुई क्षेत्रका गौतमहरुबीच भीडन्त हुने देखिएको छ ।
सञ्जय गौतम पत्रकारसँगको कुराकानीमा आफूलाई बाम एकताले कुनैपनि डर पैदा नगरेको प्रतिक्रिया दिन्छन् । आफू यस्तै अफ्टेराहरुमा रमाउने आदत बसिसकेको भन्दै उनी बाम एकताले कार्यकर्तालाई त एकीकृत गराउला गठबन्धनमा जोड्ला तर, जनता सधैं स्वतन्त्र हुने भन्दै आफू जनताको मतले विजयी हुने बताउँछन् । कार्यकर्ताले अवस्य पनि गठबन्धनमा भोट हाल्ने भन्दै स्वतन्त्र जनताले त आफूलाई नै भोट हाल्ने बताउँछन् ।
अर्का एमाले नेता बामदेव गौतमसँग यसैविषयमा कुराकानी गर्न खोज्दा उनको मोवाईलमा भने सम्पर्क हुन सकेन । जे जशो भएपनि उनी पनि केन्द्रीय स्तरका नेता हुन् र संविधान सभाको दोस्रो ठूलो दलको प्रभावशाली नेतापनि हुन् । त्यसैले लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनबीच यो निर्वाचनमा कडा भीडन्त पर्ने भने देखिन्छ । सञ्जय गौतम प्रधानमन्त्रीमा चर्चामा आएका गौतमलाई हराउने क्षमता काँग्रेससँग अहिले रहेको बताउँछन् । उनी त्यही हेवी वेट नेतासँगको भीडन्तमा नै आफूलाई खुशी लागेको बताउँछन् ।