रसुवाका नागरिकमा विकास मोह, डेढ दशक एमालेमा रहेका गुरुङ काँग्रेसमा प्रवेश
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
220
Shares
रसुवा । नेपाल कम्युनिष्ट पार्टी एमाले रसुवामा १८ वर्ष राजनीतिक गरेका रमेश गुरुङ घले काँग्रेस प्रवेश गरेका छन् ।
झण्डै दुई दशकसम्म नेपाल कम्युनिष्ट पार्टीमा बसेर राजनीति गरेका गुरुङले एमाले जिल्लाका नेताले गरेको गतिविधीबाट वाक्क बनेर काँग्रेसमा प्रवेश गरेको बताए ।
गुरुङलाई नेपाली काँग्रेस रसुवाका प्रतिनिधी सभाका उम्मेद्वार इन्जिनीयर मोहन आचार्यले खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेशपछि गुरुङले रसुवामा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनका लागि आफु काँग्रेस प्रवेश गरेको बताए ।
“विस २०७० सालमा सांसद बनेका जनार्दन ढकालले युवाको विकासका लागि केही काम गरेनन् त्यसैले म काँग्रेस र जय नेपालमा प्रवेश गरेको हुँ,”– उनले भने ।
गुरुङले नेपालको राजनीतिमा काँग्रेसले महत्वपूर्ण भूमिका खेलेको भन्दै आफु अब काँग्रेसमा बसेर जिल्लाको विकासमा लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
शनिवार नै आचार्यले नौकुण्ड ६ सर्स्यु मा आयोजना भएको कोण सभामा स्थानिय जनतामाझ आफ्नो भाबी योजना प्रस्तुत गरेका थिए।
रसुवाका विकासका लागि आफूले अहोरात्र खटेर काम गर्ने उनले त्यस अवसरमा बताएका थिए।