arrow

लोकतन्त्र हडप्नका लागि कम्यूनिष्ट गठवन्धन : डा.आरजु

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
R_ju.jpg

लम्की कैलाली । नेपाली कांग्रेसकी नेतृ तथा कैलाली क्षेत्र नं ५ कि उम्मेदबार डा. आरजु देउवाले देशलाई कम्युनिष्ट अतिवादबाट जोगाउन नेपाली कांग्रेसलाई जिताउनु पर्ने बताएकी छन् ।

शनिवार कैलाली गाउँपालीकाको गदरीयामा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै नेतृ देउवाले लोकतन्त्र हडप्नका लागि कम्यूनिष्टहरु एक भएको बताईन । उनले भनिन्, 'अहिले भनेको स्वतन्त्रावादी र साम्यवादीहरु बिचको चुनावी प्रतिस्पर्धा हो त्यसकारण पनि नेपाली कांग्रेसको पक्षमा उभिन म यहाँहरुलाई निवेदन गर्दछु ।'

कम्युनिष्ट एउटा प्रबृति भएको बताउदै नेतृ देउवाले भनिन्,कम्यूनिष्टहरुले जितेमा तपाई हामीले प्राप्त गरेका उपलब्धी समेत गुम्ने छन् । बामगठबन्धनले चुनाव जितेर संविधान संशोधन गर्ने र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट देशमा शासन गर्ने योजना बनाएको पनि बताईन । उनले हरेका परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको बताईन ।

नेपाली कांग्रेसको जन्म नै स्वतन्त्रता र प्रजातन्त्रका लागि भएको बताउदै कांग्रेस नेतृ डा. देउवाले भनिन्, 'कमैयामुक्ती, हलिया मुक्ति, थारु आयोग, महिला आयोग, मधेशी आयोग लगायत समाजिक उत्थानका क्षेत्रमा हामीले काम गरेका हौं ।' समाजिक क्षेत्रमा काम गरेको अनुभव भएको बताउदै कांग्रेस नेतृ देउवाले भनिन्, 'मैले चुनाव जितेमा यहाँ खस्कीदो अबस्थामा रहेको सुरक्षित मातृत्वको अबस्थामा सुधार ल्याउने छु ।' 

उनले यस अधिका उम्मेदबार र नेपाली कांग्रेसका नेताले गरेका प्रतिवद्धता समेत आफुले पुरा गर्ने बताईन । उनले भनिन्, 'अवसर दिनुहोस मलाई काम गर्न कुनै गाह्रो हुँदैन म यहाँहरुको सेवक भएर काम गर्दछु ।'

उनले गदरीया, बनकट्टा क्षेत्र सदरमुकाम नजिकै भएपनि भौतीक पूर्वाधारको अबस्था निकै नाजुक रहेको आफुले पाएको बताईन । उनले भनिन्, 'यस पटक अवसर दिएर हेर्नुहोस मैले सकेजति काम गरेर देखाउने छु । उनले भनिन्, कार्यक्रम र पैशाको समस्या नहुने तर त्यसका लागि कांग्रेसको टिमभने चाहिने बताईन ।' 

उनले गदरीया र भादा जोड्ने, खरेट्टी र बनकट्टा बिचको खोलामा पुल निर्माणका लागि कुरो अगाडी बढाउने बताईन । डा. देउवाले शनिवार नै कैलारी गाउँपालिकाको बनकट्टा, गदरीया, भादा, रामपुर धनगढी उपमहानगरपालिकाको भादा लगायतका क्षेत्रमा नेता तथा कार्यकर्तासँग भेटघाट समेत गरेकी छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ