arrow

रामचन्द्र पौडेलका वागी उम्मेदवार गोविन्दराज जोशीको उम्मेदवारी खारेज 

logo
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
gobindaraj.jpg

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध उम्मेदवारी दिएका काँग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ । शुक्रबार नेता पौडेलले दिएको उजुरी अनुसार तनहुँ क्षेत्र नं १ बाट उनको उम्मेदवारी खारेज गरेको हो । 

निर्वाचन आयोगले दिएको जानकारी अनुसार आयोगको शनिबार बसेको बैठकले नेता जोशीले दिएको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । निर्वाचन अधिकृतको कार्यालयले यस विषयमा सूचना जारी गर्ने तयारी भईरहेको मुख्य निर्वाचन अधिकृत अर्जुन प्रसाद कोइरालाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ