arrow

मधेसमा आफ्नो लोकप्रियता परीक्षणका लागि उम्मेदवारी दिएको हुँ : प्रदिप गिरी

logo
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
pradip_giri.JPG

लहान । कांग्रेस नेता प्रदीप गिरीले मधेसको मुद्दालाई संस्थागत गर्न सदन र पार्टीमा समेत मधेसको पक्षमा मत राखी वकालत गर्दै आएका कांग्रेस नेता प्रदिप गिरीले आफ्नो लोकप्रियता मधेसमा परीक्षणका लागि मधेस भूमिबाटै उम्मेदवारी दिएको बताएका छन् ।

‘म मधेसमैं जन्मिएँ, मधेसमैं हुर्किए र पछिल्लो समयमा मधेसकै अधिकारको सवालमा केन्द्रित रही सदैव अघि बढे’ प्रेस युनियन सिरहाद्वारा शनिवार लहानमा आयोजित पत्रकार भेटघाटमा नेता गिरीले भने ‘अब मैले आर्जन गरेको लोकप्रियताको परिक्षण पनि मेरो जन्मभूमि र मधेस आन्दोलनको उद्गम विन्दु सिरहा क्षेत्र नम्वर १ मै परीक्षण गर्न खोजेको हुँ ।’

‘मधेसको आन्दोलन उत्कर्षमा पुगेको बेला, मधेसको विपक्षमा नयाँ संविधानको लागि संविधान सभामा मतदान भइरहेको थियो त्यो बेला मधेस आन्दोलनको पक्षमा संविधान सभामा कराउने र संविधान पारित गरिने मतदानलाई बहिष्कार गर्ने मै एक्लो कांग्रेसको सभासद थिए’ आसन्न प्रतिनिधि सभा निर्वाचनमा सिरहा क्षेत्र नम्वर १ मा उम्मेदवारी दिएका उनले भने ‘यस अर्थमा मधेस आन्दोलनको उपलब्धिको  रक्षा गर्न मैले कुनै कसर बाँकी राखेको छैन ।’ मधेस मुद्धा सम्बोधन गराउन आफूले संसदमा खेलेको भूमिका सबैलाई राम्रोसँग थाहा भएकोले मधेसी जनताले आफूलाई मतदान गर्ने विश्वास व्यक्त गरे । 

उनले यो चुनावमा उम्मेदवारको जात, धर्म, समुदाय र व्यक्तिगत चरित्र हेर्नुभन्दा पनि उम्मेदवारले कुन विचार बोकेको छ भन्ने कुरा हेर्नु आवश्यक रहेको उल्लेख गर्दै उनले वाम गठबन्धनले बोकेको विचार र लोकतान्त्रिक आन्दोलनले सिर्जना गरेको विचारबीचको बहस यहीबाट सुरु होस भन्ने आफ्नो विचार रहेको औल्याए ।

यसपटक जिते अब मन्त्री हुने चाहना सुनिन्छ नी भन्ने पत्रकारहरुको जिज्ञासामा नेता गिरीले ठट्यौलीपूर्ण उत्तर दिंदै जनताले चुनाव जिताए मन्त्री मात्रै होइन म प्रधानमन्त्री पनि बन्न सक्ने बताए । कम्युनिष्ट शासन भएका उत्तर कोरिया र चीनका जनता निस्सासिएर बाँचेको र भेनेजुयला, क्युवा र कम्बोडिया आर्थिक रुपमा तन्नम भएको उदाहरण दिदैं उनले  नेपालका लागि प्रजातान्त्रिक विचारधारा नै उत्तम रहेको जिकिर गरे ।

दर्शनढुंगा खियाएर काम गर्ने मजदुर र प्रधानमन्त्री दुवैको महत्व बराबर हुने विचारधारा प्रजातान्त्रिक विचारधारा भएको प्रष्ट पार्दै उनले कुनैपनि वाद अन्तिम सत्य नहुने र कम्युनिष्ट विचारधारा अधिनायकवादी विचारधारा भएकाले चुनावको माहौलमा जनताको चेतना उचालिएको बेला यो बहस व्यापक हुन जरुरी रहेको औल्याए । नेता गिरीले वाम र प्रजातान्त्रिक पक्षको तीब्र ध्रुवीकरण्म भइरहेको बेला कुन विचारधारा नेपालका लागि उपयुक्त हुन्छ भन्ने बहस लहानबाटै प्रारम्भ गरेको समेत दावी गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ