arrow

माओवादीको लाल किल्लामा कांग्रेस उम्मेदवारलाई २१ किलोको माला

logo
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
bhojpur-congress.jpg

रामेछाप । नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका रामेछापका उम्मेदवार पूर्णबहादुर तामाङलाई स्थानीय जनताले २१ किलोको मालाले स्वागत गरेका छन् । चुनावी अभियानको क्रममा शुक्रबार सुनापति गाउँपालिका २ दिमीपोखरीमा आयोजित चुनावी सभामा तामाङलाई २१ किलोको माला लगाइएको हो ।

चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार तामाङले आफूले जिते पनि नजिते पनि निरन्तर रामेछापको विकास गर्ने बताए । उनले विगतदेखि नै रामेछापको विकास निर्माणमा भूमिका खेल्दै आएको बताउदै आगामी दिनमा जित हार जे भए पनि रामेछापवासीको सेवामा लाग्ने बताए ।

चुनावी सभामा रामेछाप प्रदेशसभा २ बाट नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर थापामगरले समृद्धि रामेछाप निर्माणको लागि कांग्रेसलाई जिताउनुको विकल्प नभएको बताए । उनले भ्रष्टचारमुक्त समाज निर्माणको लागि आफू लाग्ने बताउदै समृद्ध रामेछाप निर्माणको लागि आफूले जिते मन बचन र कर्मबाट लाग्ने प्रतिबद्धता व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ