बाम गठवन्धनलाई अर्को झट्का,माओवादी केन्द्रका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश
प्रकाश मैनाली,
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
377
Shares
सर्लाही । नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका–७ मा एक सय भन्दा बढीको हाराहारी माओवादी केन्द्रका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका कांग्रेस नगर सभापति बेचु प्रसाद तिमल्सिनाले जानकारी दिए ।
कांग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति प्रमोद बरालको अध्यक्षता एवं पार्टी जिल्ला सभापति नागेन्द्र रायको प्रमुख आतिथ्यतामा पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशीहरुलाई स्वागत गर्दै पार्टी सभापति रायले आसान्न निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउनका लागि लागिपर्न नेता कार्यकर्ता समक्ष आह्वान गरे । कार्यक्रममा कांग्रेस क्षेत्र नम्वर १ का उम्मेदवार शम्भुलाल श्रेष्ठ, प्रदेश सभा (क) का उम्मेदवार मनोज कुमार सिंह, (ख) का उम्मेदवार शेष सहदुल्लाह लगायतले कांग्रेसलाई जिताउन आग्रश गरेका थिए ।