arrow

भोजपुर कांग्रेसका कार्कीले भने : 'चुनाव जितेर मुख्यमन्त्री बन्छु'

logo
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
karki-bhojpur.JPG

भोजपुर । भोजपुर प्रदेशसभा ख का कांग्रेस उम्मेदवार गोविन्दबहादुर कार्कीले चुनाव जितेर प्रदेश नं. १ को मुख्यमन्त्री बन्ने दाबी गरेका छन्‌ ।भोजपुरको हतुवागढी गाउँपालिको घोडेटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कार्कीले उक्त दाबी गरेका हुन् ।

भोजपुर ख कै एमाले उम्मेदवार शेरधन राईले भावी मुख्य मन्त्रीको रुपमा आफूलाई प्रस्तुत गरिरहेको अवस्थामा कांग्रेस उम्मेदवार कार्कीले पनि मुख्यमन्त्रीको रुपमा आफूलाई प्रस्तुत गरेका हुन् ।भोजपुर कांग्रेसको राजनीतिबाट उदायका नेता कार्कीले आफू मुख्यमन्त्रीलाई लागि उपयुक्त पात्र रहेको भन्दै अब समृद्ध प्रदेशको अभियन्ताको रुपमा अग्रसर हुने बताए ।

कार्कीले भने ," मुख्यमन्त्री हुनका लागि उपयुक्त छु । त्यो मुख्यमन्त्रीको रथ सहज ढङ्गले हाक्न सक्छु । हाम्रो प्रदेशलाई समृद्ध र सम्पन्न प्रदेशको रुपमा विकसित गर्ने मेरो अठोट छ । त्यसैले यसका लागि भोजपुरे जनताले विवेक प्रयोग गर्नुपर्छ ।" प्रदेश नम्बर १ मा कांग्रेसबाट मुख्यमन्त्री म हो भनेर कसैले दाबी नगरेको अवस्थामा कार्कीले आफ्नो दाबी प्रस्तुत गरेका हुन् । उनले केहीं समयमै प्रदेश ख का ४१ वटै वडामा विद्युतिकरण गरिसक्ने उद्घोष गरे ।

 कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार उमेशजंग रायमाझीले कांग्रेसले मात्रै भोजपुरको विकास गरेको भन्दै समृद्ध भोजपुर बनाउने जिम्मा भोजपुरे जनताले आफूलाई दिने विश्वास व्यक्त गरे ।उनले जनताले भोट उमेशजंग रायमाझीलाई भन्दा पनि समृद्ध भोजपुर र आफ्नो सन्ततीको भविष्य निर्माणका लागि हाल्न आग्रह गरे ।

रायमाझीले सडक सञ्जाल मार्फत भोजपुरका प्रत्येक वडा जोड्ने आफ्नो प्राथमिकता रहेको भन्दै भोजपुरको विकासले चाँडै गति लिने दावी गरे ।
नेविसंघका पूर्व महामन्त्री समेत रहेका रायमाझीले राजनीतिक परिवर्तनमा विद्यार्थी मोर्चाको अग्रणी भूमिकामा रहेर राष्ट्रलाई योगदान पुर्‍याएको भन्दै अब आर्थिक समृद्धिको अभियानको पनि अग्रणी भूमिकामा रहने बताए ।

कार्यक्रममा संघीय समाजवादी फोरममा नेताहरुले लोकतन्त्र र पहिचानको मुद्दालाई सम्बोधन गर्नका लागि कांग्रेससँग तालमेल गरेको भन्दै कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान अघि बढ्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ