चुनाव जिते आफुले पाउने सुविधा विपन्न परिवारका लागि खर्च गर्ने काँग्रेसका उम्मेदवारको घोषणा
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
306
Shares
सल्लेरी, सोलुखुम्बु । सोलुखुम्बुबाट आसन्न प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाशसिं कार्कीले चुनाव जितेर सांसद भए कुनै पनि सरकारी सुविधा नलिने बताएका छन् ।
नेपाली काँग्रेसबाट प्रदेश सभा (क) का उम्मेदवार कार्कीले आफू निर्वाचित भए सरकारबाट प्राप्त कुनै पनि सेवा सुविधा नलिने बताएका हुन्।
सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार कार्कीले आफू सफल व्यवसायी भएकाले सांसद बनेर आफ्नो लागि केही कमाउ भन्ने सोच नभएको बताए ।
आफूलाई पुग्ने सम्पत्ति आर्जन भइसकेको भन्दै उनले भने, “मेरो जीवनयापनका लागि यसै सहज छ तर बाँकी समय राजनीतिबाट जनताको सेवामा समर्पण गर्नेछु ।”
उनले सांसदबापत प्राप्त सम्पूर्ण राज्यको सेवा सुविधा विपन्न परिवारका लागि खर्च गर्ने बताए ।