arrow

वुढानिलकण्ठ मेलामा विवेकशिल साझाका उमेद्वार थापा, सम्पदा संरक्षणमा चासो

logo
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
ujjwal-thapa-bibeksil.jpg

काठमाडौं। चुनावी अभियानमा लागेका उमेद्वारहरु विभिन्न नारा र मुद्धा बोकेर मतदाता माझ पुगिरहेका छन्। 

कोणसभा, घरदैलो, भेला, भेटघाट लगायतका गतिविधीहरु राजनीतिक दलका उमेद्वारहरुको दैनिकी नै भएको छ। 

आफ्नो पक्षमा माहौल वनाउने बढीभन्दा वढी मतदाताका पुग्ने काममा उमेद्वारहरु लागिपरेका छन्। 

विवेकशील साझा पार्टी पनि आफ्नो चुनावी अभियानमा लागिपरेको छ। लोकतन्त्रको नाममा भइरहेको 'लुटतन्त्र' विरुद्ध एक बन्न उनीहरुले मतदाताहरुलाई अपिल गरिरहेका छन्।

मतदाताहरुलाई अपिल सँगसँगै उनीहरुले कला संस्कृती तथा सम्पदा संरक्षणको पनि आफनो धारणा राख्दै आएका छन्। 

विवेकशिल साझा पार्टीका तर्फबाट काठमाडौ ५ मा उमेद्वार भएका उज्वल थापा अहिले काठमाडौंका मतदाता माझ पुगिरहेका छन्। 

बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशी पछिको पूर्णिमाको उपलक्षमा भएको विशाल मेलामा आयोजकहरुको निमन्त्रणामा शनिवार थापा त्यहाँ पुगेका थिए। त्यहाँ थापाले सम्पदा संरक्षणको बारेमा निकै राम्रो सन्देश दिएको विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य दिनेश प्रसाईले जानकारी दिए। 

अबको पालो साझा पार्टी भन्दै मतदाता माझ पुगिरहेका विवेशील साझाको तर्क र तथ्य सुनेर मतदाताहरु दिनदिदै आकर्षित हुनेक्रम वढिरहेको प्रसाईले वताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ