arrow

राजपा संयोजक ठाकुरसँग भिड्दै काँग्रेसका नेपाली

logo
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
Mahanta-Thakur-400x250.jpg.jpeg

गौशाला ।  मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रोचरणको निर्वाचनका लागि महोत्तरी जिल्लामा विभिन्न दिग्गज नेता विरुद्ध विभिन्न नेता प्रतिस्पर्धीका रुपमा देखिएका छन् । 

मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलकाअनुसार महोत्तरीका चार प्रतिनिधि सभा र आठ प्रदेश सभा गरी जम्मा १२ पदका लागि २२३ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रेका छन् । २ नम्बर प्रदेशको प्रतिनिधि तथा प्रदेश सभामा मुख्य प्रतिस्पर्धामा उत्रेका अनुहारमा राजपा नेपालका संयोजक महन्थ ठाकुर, पूर्व मन्त्री गिरीराजमणि पोखरेल, शरतसिंह भण्डारी त्यस्तै पूर्व सांसद सीताराम भण्डारी, किरण यादव, भरतप्रसाद साह, कौशल यादव, सुरिता साह र स्वतन्त्रबाट चन्देश्वर झा लगायतका रहेका छन् । 

यहाँको प्रतिनिधि सभाको क्षेत्र नम्बर १ बाट नेकपा (माओवादी केन्द्र)का नेता गिरीराजमणि पोखरेल, नेपाली काँग्रेसका पूर्व सांसद सीताराम भण्डारी र गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरम नेपालका लक्ष्मी महतोबीच मुख्य प्रतिस्पर्धा रहेको छ । त्यस्तै त्यस क्षेत्रको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसका तर्फबाट स्थानीय तहको निर्वाचनमा बर्दिवास नगरपालिकाबाट पराजित भएका  युवा नेता प्रह्लादकुमार क्षेत्री, माओवादी केन्द्रका राजु खड्का, एमालेकी शारदादेवी थापा र राजपा नेपालकी रुपाकुमारी यादव बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 


त्यसैगरी त्यस क्षेत्रको प्रदेश सभा निर्वाचन क्षेत्र नं २ मा नेकपा माओवादीका भरतप्रसाद साह, नेपाली काँग्रेसका रामश्रेष्ठ महतो, संघीय समाजवादी फोरम नेपालका विनोदकुमार महतो र नयाँ शक्ति पार्टी नेपाल काशी महतोबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । महोत्तरीको प्रतिनिधि सभाको क्षेत्र नं २ बाट राजपा नेपालका नेता शरतसिंह भण्डारी, नेपाली काँग्रेसकी किरण यादव, नेकपा माओवादी केन्द्रका कासिम नदाफ मुख्य प्रतिपर्धीका रुपमा देखिएका छन् । त्यस्तै त्यस क्षेत्रको प्रदेश सभा क्षेत्र नं १ मा राजपा नेपालका जयनुल राईन, नेपाली काँग्रेसका सुशीलकुमार यादव र नेकपा माओवादी केन्द्रका राजकिशोर यादव मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् । 

प्रदेश सभा क्षेत्र नं २ मा राजपा नेपालका सुरिताकुमारी साह, नेपाली काँग्रेसका राजकरणप्रसाद साह सुडी, नेकपा माओवादी केन्द्रका अजयकुमार यादव मुख्य प्रतिस्पर्धी देखिएका छन् । जिल्लाको प्रतिनिधि सभाको क्षेत्र नं ३ मा राजपा नेपालका संयोजक महन्थ ठाकुर, नेपाली काँग्रेसका बजरंग नेपाली, नेकपा एमालेका विजयकुमार चौधरी र पूर्व स्वतन्त्र सांसद चन्देश्वर झा मुख्य प्रतिस्पर्धीका रुपमा रहेका छन् ।  प्रदेश सभा क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका रामआधार कापर, नेपाली काँग्रेसका शम्भुनारायण पाठक, राजपा नेपालका अभिराम शर्मा मुख्य प्रतिस्पर्धीका रुपमा रहेका छन् । 

त्यस्तै त्यस क्षेत्रको प्रदेश सभा क्षेत्र नं २ मा राजपा नेपालकी रानीकुमारी तिवारी, नेकपा एमालेका विजयकुमार कर्ण, नेपाली काँग्रेसका पवन साह मुख्य प्रतिस्पर्धी रहेका छन् । महोत्तरी जिल्लाको प्रतिनिधि सभाको क्षेत्र नं ४ बाट नेपाली काँग्रेसका जिल्ला सभापति महेन्द्रकुमार राय, संघीय समाजवादी फोरम नेपालका डा सुरेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका मो रजी हैदर मुख्य प्रतिस्पर्धी रहेका छन् ।  प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा संघीय समाजवादी फोरम नेपालका कौशलकुमार यादव, नेपाली काँग्रेसका गोखुल राय यादव, नेकपा माओवादी केन्द्रका रामबाबु चौधरी मुख्य प्रतिस्पर्धी रहेका छन् । 

त्यस्तै त्यस क्षेत्रको प्रदेश सभाको क्षेत्र नं २ मा संघीय समाजवादी फोरम नेपालका सरोजकुमार सिंह, नेकपा एमालेका सरोजकुमार यादव नेपाली काँग्रेसका दिप्यांशुप्रताप सिंह मुख्य प्रतिस्पर्धी रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ