arrow

झपक्कै साँझ पर्दा पनि मोहन आचार्यलाई सुन्न पर्खिरहे स्थानिय, मतदाता उत्साहित

logo
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
rasuwa-congress-prg.jpg

रसुवा। झपक्कै साँझ पर्दा पनि हिमाली जिल्ला रसुवाको टिमुरेमा अन्य वेला देखिने भन्दा फरक दृश्य थियो। शुक्रवार साँझ वत्ती वालेर चुनावी सभा भइरहेको थियो। चिसोको मतलव नगरि स्थानियहरु आफ्नो क्षेत्रका उमेद्वार मोहन आचार्यका कुरा सुन्न धैर्यतापूर्वक पर्खिरहेका थिए।

रसुवाका गाउँघर घुम्दा घुम्दै टिमुरेको कार्यक्रम हुँदा हुँदै रात परेको थियो। साँझ वितेर रात पर्न लाग्दा पनि स्थानियहरु आफूलाई सुन्न पर्खेको देखेर रसुवामा काँग्रेसका तर्फबाट उमेद्वार भएका आचार्यले सामाजिक सञ्जाल फेसबुक मार्फत मतदाताहरुलाई धन्यवाद पनि दिए। 

उनले भने, ' रात परि सक्दा पनि उत्साहपुर्ण उपस्थितिको लागि टिमुरेका आदरणिय मतदाताहरुप्रति हार्दिक आभार ब्यक्त गर्दछु। यहाँहरुको यो गरिमामय उपस्थिति नै हाम्रो जितको आधार हो । '

उनले स्थानियहरुलाई धन्यवाद मात्र दिएनन आफ्नो सिप र दक्षताले भ्याएसम्म जिल्लाको विकासका लागि लागिपर्ने बताए। 

काँग्रेसका उम्मेदवार आचार्य जिल्लालाई नमूना जिल्लाको रुपमा विकास गर्नका लागि आफ्नो उम्मेदवारी भएको बताउँछन्। आचार्यले भने, ‘म आफैँ इन्जिनियर हुँ, यो जिल्लाको विकास कसरी गर्ने भन्ने कुरा मलाई थाहा छ।’

Image may contain: 4 people, people smiling, people standing

जिल्लाको आवश्यकता र मतदाताको भावना अनुसार काम गर्ने उनले बताए। धेरै जलविद्युत् उत्पादन हुने रसुवाका जनतालाई शेयर दिलाउन आफू लागपर्ने बताउँने उनले जिल्लामा उत्पादित जलविद्युत् आयोजनाको शेयर जिल्लाका जनताले धेरै पाउनुपर्ने पक्षमा रहेको बताए। 

रसुवामा नेपाली काँग्रेस र नयाँ शक्ति नेपालबीचको गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका इञ्जिनियर मोहन आचार्य, प्रदेश (क) मा नेपाली काँग्रेसकै प्रभात तामाङ र प्रदेश (ख) मा नयाँ शक्ति नेपालका प्रेम तामाङ चुनावी मैदानमा छन् ।

Image may contain: 5 people, crowd

यो टीम रसुवाका जनतालाई जलविदयुतको शेयर धेरै दिलाउने काममा यसअघी देखिनै क्रियाशिल छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ