भोजपुरका काँग्रेस उम्मेदवारको घर विप्लवको कब्जामा, यस्तो लेखे विज्ञप्ती
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
942
Shares
काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाली काँग्रेसका उम्मेदवारको घर कब्जामा लिएका छन् । उनीहरुले भोजपुरबाट प्रदेश सभा तर्फका उम्मेदवार गोविन्द कार्कीको घर आजकै मितिदेखि कब्जामा लिईएको एक विज्ञप्ती मार्फत् जानकारी दिएका छन् ।
उनीहरुले गत कात्तिक ८ गते नै उम्मेदवारी फिर्ता लिनको लागि सबै उम्मेदवारलाई आग्रह गरिएको र उनीहरुले आफूहरुको आग्रह नमानेका कारण घर कब्जामा लिईएको विज्ञप्तीमा उल्लेख छ । संसदीय व्यवस्थाको विरोध गर्दै आएका उनीहरुले संसदीय प्रणालीको लागि भएको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेका छन् ।