arrow

समानुपातिक निर्वाचन प्रणालीतर्फको सबै दलका उम्मेदवारको बन्दसूची सार्वजनिक (नामावली सहित)

logo
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार

काठमाडौं। निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलले पेश गरेको बन्दसूची शुक्रबार सार्वजनिक गरेको छ।

आयोग स्थित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रणालीको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयका अनुसार समानुपातिक निर्वाचनमा राजनीतिक दलबाट छ हजार ९४ उम्मेदवारको नाम समावेश भएको प्रारम्भिक विवरण रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले पत्रकार सम्मेलनमा बन्दसूची सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको बन्दसूचीअनुसार आदिवासी पुरूष ७८३, महिला ९३१ र अन्य एक, खस आर्य पुरूष ८६७ र महिला ९९७, थारू पुरूष १५८ र महिला २६२, दलित पुरूष ३४२ र महिला ४९६, मधेशी पुरूष ४५५ र महिला ५६३, मुस्लिम पुरूष ८१ र महिला १५७ उम्मेदवार छन् । यसैगरी अपांगता भएका पुरूष १५८, महिला ११५ र अन्य एक तथा पिछडिएका क्षेत्रका पुरूष १०७ र महिला १२२ उम्मेदवारको नाम बन्दसूचीमा समावेश रहेको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगमा दर्ता भएका ८८ दलमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ र प्रदेशसभा सदस्य निर्वाचनसमेतका लागि ५३ दलले बन्दसूची बुझाएका थिए । सार्वजनिक गरिएको बन्दसूची निर्वाचन आयोगको वेबसाइटमा राख्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवार संविधान वा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभाका हकमा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिमको योग्यता नपुगेको वा उम्मेदवार हुन अयोग्य भए सो सात दिनभित्र दावी विरोधमा उजुरी गर्न सकिनेसमेत व्यवस्था छ ।

समानुपातिकतर्फको निर्वाचन कार्यक्रमअनुसार यही कात्तिक १८ देखि २४ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यता सम्बन्धमा दाबी विरोध गर्न निवेदन दिन सकिने, कात्तिक २५ देखि मंसिर १ गतेसम्म त्यस्ता दावी विरोधका निवेदनमाथि जाँचबुझ र निर्णय गर्ने कार्यक्रम छ । जाँचबुझपछि बन्दसूचीबाट नाम हटेको सूचना प्रकाशन गरी आगामी मंसिर ३ गते उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम छ ।

विभिन्न दलको बन्दसूची यस प्रकार छः 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ