arrow

रामचन्द्र पौडेलले दिए जोशी विरूद्ध उजुरी (पत्रसहित)

logo
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
paudel_gobinda.jpg

काठमाण्डौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका नेता गोविन्दराज जोशीको विरुद्ध नेता पौडेलले निर्वाचन कार्यालयमा मुद्दा दायर गरेका छन् । तनहुँ क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार बनेका जोशीको विरुद्धमा मुख्य निर्वाचन कार्यालय तनहुँमा उजुरी परेको हो । 

नेता पौडेलले दायर गरेको उजुरीमा उम्मेदवार जोशी २०६९ साल साउन १० गते विशेष अदालतबाट दोषी ठहर भएको र उक्त फैसला हालसम्म कायम नै रहेकोले प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ अनुसार उनले उम्मेदवारी दिन नमिल्ने भएकोले उनको उम्मेदवारी खारेजीकोलागि अनुरोध गरिएको छ । पौडेलले सोही उजुरीसँगै मुद्दाको ५ प्रति सक्कल प्रमाणपनि पेश गरेका छन् । 

निर्वाचन आयोले तोकेका समय शुक्रबार उम्मेदवार विरु४ उजुरी गर्ने दिन हो । सोही विषयमा काँग्रेसका आधिकारिक उम्मेदवार विरुद्ध वागी उम्मेदवारी दिएका जोशी विरुद्ध पौडेल आफैंले उजुरी दर्ता गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ