रामेछापमा लोकतान्त्रिक र बाम शक्तिबीच प्रतिस्पर्धा, काँग्रेसलाई 'ग्रीन सिग्नल'
वद्री नयाँघरे,
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
631
Shares
रामेछाप । आगामी मंसिर १० गते सम्पन्न हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आफ्नो जीत सुनिश्चत भन्दै चुनावी अभियानमा लागेका विभिन्न राजनितिक दल र तिनका उम्मेदवारहरु यतिवेला मतदाता रिझाउन गाउँगाउँ पुगेका छन् ।
विगतका निर्वाचनहरुमा यसपटक अधिकांश गाउँमा घरदैलोको तुलनामा जनसभाहरुलाई पहिलो प्राथमिकता दिने गरेका उम्मेदवारहरुले यस पटकको निर्वाचनमा भने घरदैलो अभियानलाई वढी प्राथमिकता दिदै आएका छन् । विभिन्न पार्टी र स्वतन्त्र गरी एकदर्जनको संख्यामा निर्वाचनमा होमिएका राजनितिक दल र तिनका उम्मेदवाहरु मध्ये लोकतान्त्रीक र वामगठवन्धनबीच मात्र प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन प्रचारप्रसारको अभियानमा उनीहरु दुवैले आफ्ना एजेन्डा सहित घरदैलो अभियानलाई नै वढी प्राथमिकता दिएका हुन् ।
जनसभाको तुलनामा घरदैलो अभियान सबैभन्दा वढी प्रभावकारी हुने ठहर सहित आफ्नो पार्टीले जनसभाको तुलनामा यसपटक घरदैलो अभियानलाई तीव्र बनाएको नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपानले जानकारी दिए । एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा गरी तीनवटै सिटमा आफ्ना पार्टीका उम्मेदवाहरुले जित्ने दावी गर्दै उनले यसका लागि घरदैलो अभियान आफ्नो पार्टीका लागि सहज वातावरण वनेको वताए ।
विगत एकहप्ता अघिदेखी क्षेत्र नं १ को मावि वावियाखर्क र क्षेत्र नं २ को चिसापानीवाट प्रचारप्रसार अभियान संचालन गरेको नेपाली काँग्रेसले शुक्रवारसम्म पहिलोचरणमा साविकका गेलु, चनखु, फुलासी, डडुवा, दोरम्वा, टोकरपुर, गौश्वारा, लखनपुर गाविसहरुमा जनसभा र भेटघाटको कार्यक्रम सम्पन्न गरिसकेको छ ।
त्यसैगरी क्षेत्र नं १ को साविकका रामेछाप, सुकाजोर, ओख्रेनी,रामपुर, हिमगंगा, देउराली, साँघुटार र गोठगाउँ गाविसहरुमा पहिलो चरणको चुनावी प्रचारप्रसार कार्यक्रम सम्पन्न गरिसकेको नेपाली काँग्रेसले प्रचार प्रसार अभियानलाई दोहोर्याएर पुनः गाउँगाउँमा पुर्याउने सहितको कार्यतलीका वनाएको जानकारी पनि सभापति न्यौपानले गराए ।
यसपटक नेपाली काँग्रेसले सिङ्गो लोकतान्त्रीक गठवन्धनको समर्थनमा प्रतिनिधिसभा तर्फ युवा नेता तथा समाजसेवी पूर्णवहादुर तामाङ (कान्छाराम) र युवाद्धय रत्न वहादुर कार्की र जितवहादुर थापामगरको उम्मेदवारी दिएकाले पनि आफ्नो पार्टीका लागि जित सहज वनेको वताए । विगतका वर्षहरुमा विभिन्न वस्तिहरुलाई लक्षितगरि एक दर्जन जति ठाउँमा निजि लगानीमा एम्वुलेन्स वितरण गरी ठाउँठाउँमा ग्रामिण सडक विस्तार तथा स्वास्थ्य उपचारवाट समस्यामा परेकाहरुलाई पटक–पटक हेलिकोप्टर मार्फत काठमाण्डौंसम्म पुरयाएर उपचार गराएको उदाहरण पनि पूर्णवहादुर र उनका टिमका उम्मेदवारहरुका लागि पनि सहज नारा वनेको छ ।
यो सँगै जातिय रुपमा जनजातीहरुको वाहुल्यता रहेको रामेछापमा काँग्रेसले दुईवटा कोटामा जनजातीको उम्मेदवार वनाएको र २००७ सालदेखी २०७० सालसम्मका निर्वाचनपछि मुलुकको दिगो र संस्थागत विकासमा काँग्रेसले निभाएको योगदानका कारण पनि आफ्ना उम्मेदवाहरुले जित्ने कुरामा दुईमत नरहेको रामेछाप काँग्रेसका प्रवक्ता नारायणवहादुर खड्काले वताए ।
वाम गठवन्धनका नाममा आफ्नो अभियान लिएर गाउँमा पुगेका नेकपाएमाले र माओवादी केन्द्रका उम्मेदवाहरुले पनि पहिलो चरणमा क्षेत्र नं १ को साविक गुम्देल, वाम्ती, चुचुरे, प्रिती, भुजी, ठोसे, कुवुकास्थली, रस्नालु लगाएतका गाविसहरुमा जनसभा र घरदैलो अभियान पुरा गरेका छन् । त्यसैगरी क्षेत्र नं २ तर्फ साविकको चिसापानी, पुरानागाउँ, गेलु, फुलासी, डडुवा, दोरम्वा, गौश्वारा, टोकरपुर लगाएतका गाविसहरुमा घरदैलो र जनसभा कार्यक्रम सम्पन्न भएको नेकपा एमाले जिल्ला सचिव आनन्द श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार यसपटकको निर्वाचनको प्रचारप्रसारको क्रममा आफ्नो उम्मेदरवाहरुको पक्षमा मतदाताहरुले देखाएको व्यवहारले पनि गठवन्धन उत्साहित वनाएको वताए । हामी जुनजुन ठाउँमा पुगेका छौं त्यस ठाउँमा मतदाताहरुले वाम एकताको प्रतिको अभियानलाई स्वागत योग्य भनेका छन् । त्यो सँगै विगतमा आफ्ना पार्टीहरुले जिल्लाको विकास निमार्ण र राष्ट्र निमार्णका क्षेत्रमा खेलेको नेतृत्व दायी भुमीकाले पनि वाम गठवन्धनका तीनै जना उम्मेदवारहरुलाई प्रतिपक्षको तुलनामा ठूलो मतान्तरको फरकले जित्ने वातावरण वन्दै गएको छ ।
गठवन्धनले प्रतिनिधिसभा तर्फ एमाओवादीको नेता एवं विना विभागीय राज्य मन्त्री श्यामकुमार श्रेष्ठ, प्रदेशसभाको (क) तर्फ एमाले पार्टीका जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल र (ख) मा पूर्व जिविस सभापती कैलाशप्रसाद ढुगेललाई साझा उम्मेदवार वनाएर निर्वाचनमा होमेको छ । प्रचारप्रसारको क्रममा उनीहरु तिनैजनाले आफुहरुको जित सहज रहेको भन्दै लोकतान्त्रीक गठवन्धनको नाममा उम्मेदवारी दिएका नेपाली काँग्रेसका उम्मेदवाहरुलाई पछाडी पार्दै ठूलो मतान्तरले आफुहरुले जित्ने दावी गरेका छन् ।