काँग्रेस उम्मेदवारको घोषणा : 'सांसदको तलब क्यानसर रोगीहरुलाई लगानी गर्छु'
घनश्याम पौडेल,
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
910
Shares
अर्घाखाँची । अर्घाखाँचीबाट प्रतिनिधी सभाको लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरुले जिल्लालाई सम्बृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अर्घाखाँचीमा नेपाली काँग्रेसबाट प्रतिनिधी सभामा उम्मेदवार दिएका डा. रामबहादुर विसीले जनताको स्वास्थ्य क्षेत्रको विकासमा लागि पर्ने र सांसदको तलबबाट आउने पैसा क्यान्सर रोगीहरुलाई लगानी दिने बताएका छन् ।
रिपोर्टस क्लव नेपाल अर्घाखाँचीले गरेको साक्षात्कारमा विसीले ‘विकास गर्नको लागि उम्मेदवार भएर आएको हुँदा जिल्लाको विकासको लागि निरन्तर लाग्ने र नमुना जिल्ला बनाउने अभियानमा लाग्ने छु । केही साथीहरु गणितीय हिसाबले अगाडि भए पनि जनताले यस पटक फरक व्यक्ति खोजेकोले मैले जित्ने निश्चित छ,’ उनले भने ।