ओखलढुंगा । नेकपा एमालेले ओखलढुंगाको प्रदेश सभाका लागि उम्मेदवार बनाएका अम्बिरबाबु गुरुङ विवादास्पद छविको व्यक्ति भएको तथ्य सार्वजनिक भएको छ । विगतमा वामदेव गौतमले माले पार्टीको नेतृत्व गर्दा तत्कालीन संसद यमलाल कंडेलको रातो पासपोर्टमा अम्बीरले आफ्नो फोटो राखेर पासपोर्टको दुरुपयोग गरेको आरोप उनीमाथि छ । विभिन्न काण्डमा मुसिएका गुरुङ यतिबेला एमाले महासचिव इश्वर पोखरेलको दाहिने हात बनेका छन् । पोखरेलकै पहलमा अम्बीरले ओखलढुंगाका पुराना नेताहरुलाई पछारेर प्रदेशको टिकट हात पारेपछि एमालेभित्र नै त्यहाँ असन्तुष्टि चुलिएको छ।
त्यसो त गत स्थानीय तहको निर्वाचनका बेलासम्म मतदाता सूचीमा नाम समेत नभएका अम्बीर एमाले नेताहरुलाई धेरै 'गिफ्ट' दिने स्थानीय नेताको रुपमा पर्छन् । र्इश्वर पोखरेलको अहिलेको धापासीमा रहेको घर, त्यसमा भएको लगानी,गाडी र अन्य सबै सहयोगको श्रोत यिनै अम्बीर गुरुङ हुन् भन्ने चर्चा एमालेमा व्याप्त छ। गुरुङले नै पोखरेलको आर्थिक जोहो गरेका छन् । स्थानीय चुनावको बेलामा अम्बीर अब ओखलढुंगामा इश्वर दाइलाई चुनाव लडाउनु पर्छ भन्दै लागेका थिए।
तिनै अम्बीर अहिले ओखलढुंगाको प्रदेश 'क' को वाम गठबन्धनको उम्मेदवार बनेका छन् । अम्बीरको जीत आफ्नो प्रतिष्ठासँग जोडिएको भन्दै र्इश्वर पोखरेलले ओखलढुंगाका प्रहरी प्रमूख (डिएसपी)लाई समेत फोन गरेर आफु भोलिको गृहमन्त्री भन्दै एमाले उम्मेदवारलाई जिताउन सहयोग गर्नुस् भनेको बुझिएको छ । अम्बीरलाई काँधमा बोकेर हिंड्ने इश्वर पोखरेल चाहिं राजधानीमै बसेर जिल्लाका प्रहरी प्रमूखलाई प्रभावित गर्न खोजेका कारण अन्य दलका उम्मेदवारहरु डिएसपीको सरुवा गराउन लविंग गरिरहेका छन् ।
पढ्न नसकेर मैनी बजार जाने गाउँले टोलीसँग भागेर राजधानी छिरेका अम्बीर गुरुङ रातारात धनी भएका गुण्डा नाइके हुन् । उनी राजधानीमा रेष्टुरेन्ट चलाएर तत्कालीन माले र पछि एमालेका उपल्लो तहका नेताहरुको ' रमाइलो 'को व्यवस्थापन गर्थे ।
बीचमा तत्कालीन युवराज पारस शाहसंग नजिक भएका उनले अमेरिकी ग्रीनकार्ड बनाएको रहस्य पनि खुलेको छ । अम्बीरलाई बाल्यकालदेखि नै चिन्ने र कुनै समय आफुहरु निकै घनिष्ठ रहेको बताउने हाल सन् फ्रान्सिस्को अमेरिकामा रहेका रुम्जाटारका दिनेश पोखरेलले उनको छवी विवादास्पद भएको बताए। आफ्नै छोराकी सासु लस एन्जलसमा रहेकी तारा गुरुङ (तारा गुरुङको छोरी अम्बीरको छोराले बिहे गरेका छन्) संग कागजी बिहे गरेर ग्रीनकार्ड बनाएका छन् । जबकी यता नेपालमा अम्बीर श्रीमतीसँग बस्छन् । अर्थात् अमेरिकामा सम्धिनीसँग कागजी बिहे गरेर ग्रीनकार्ड बनाएका अम्बीर त्यही ग्रीनकार्डका कारण वर्षमा दुइपटक अमेरिका पुग्छन् र दुई साता बसेर नेपाल आउँछन् ।
अमेरिकामा उनको ठेगाना खोज्दा आफुहरुले उनी विगतमा तीन अलग अलग ठाउँमा बसेको रेकर्ड फेला पारेको समेत पोखरेलले जानकारी दिएका छन् । पोखरेल भन्छन्,- अम्बीरले तारा ब्ल्याक गुरुङसंग कागजी बिहे गरेर ग्रीनकार्ड बनाएको र अहिले पनि तारासंग साझेदारीमा व्यापार गरेको प्रमाण सुरक्षित छ । तारा गुरुङ अमेरिकी नागरिकसंग बिहे गरेर नागरिक बनेकी नेपाली मूलकी महिला हुन् । तर उनको श्रीमान् बितेपछि ताराले सबै सम्पति हात पारिन् र आफ्ना सम्धी अम्बीर गुरुङले पनि आफु पनि व्यवसाय गर्न इच्छुक भएको भन्दै संयुक्त रुपमा उनीहरुले व्यापार गरेका हुन् ।
यद्यपि अम्बीर गुरुङले यता नेपालमा पनि आफुले अमेरिकी ग्रीनकार्ड त्यागेको बताउने गरेका छन् । तर अमेरिकी दूतावास निकट एक भरपर्दो श्रोतका अनुसार्र अम्बीरको बारे बहुविवाह र ग्रीनकार्ड बनाउन झुठा विवरण पेश गरेको भन्दै उनको बारे दूतावासमा भएको विवरण उपलब्ध गराउन एक पक्षले प्रयास गरेको थियो । तर हाल अमेरिकी राजदूत अमेरिकामा रहेको र अमेरिकी कानुन अनुसार कुनै व्यक्तिको व्यक्तिगत विवरण सार्वजनिक गर्न नमिल्ने भन्दै दूतावासले अमेरिकामा नै यस बारे पहल गर्न समेत सुझाएको थियो । अहिले सोही अनुसार अम्बीरको ग्रीनकार्ड खोज्ने काम भएको र यदि कुनै प्रमाण झूठो पुष्टी भएमा अम्बीर र तारा दुवैले जेल सजाय भोग्नुपर्ने हुन्छ । सन् फ्रान्सिस्कोबाट दिनेश पोखरेल भन्छन्,- अम्बीर अमेरिकाको ग्रीनकार्ड भएको व्यक्ति हो भन्ने कुरा चासो राख्ने सबैलाई थाहा छ । अहिले अम्बीरको उम्मेद्वारी खारेज गराउन भित्रभित्रै लविंग भै रहेको बुझिएको छ ।