arrow

पाल्पामा क-कसले दिए उम्मेदवारी, कसको कोसँग प्रतिस्पर्धा ?

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
Palpa_Neka_Manonayan_photo1.jpg

पाल्पा । दोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको लागि विहिवार उम्मेदवारहरुले  मनोनयन दर्ता गराएका छन् । दुई प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचनका लागि पाल्पामा राजनीतिक दल र स्वतन्त्रले उम्मेदवारी दर्ता गराएका  हुन् । १० राजनीतिक दलहरु सहित स्वतन्त्र व्यक्तिहरुले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएका छन् । 

मंसिर २१ गतेका लागि हुने निर्वाचनमा नेपाली काग्रेंसले प्रतिनिधिसभाको क्षेत्र नं १ मा विजय घिमिरे र क्षेत्र नं.२ मा पूर्व सभासद एवम केन्दीय सदस्य हरि प्रसाद नेपालले उम्मेदवारी दिएका छन् । प्रदेशसभा क्षेत्र नं १ (क) नेपाली काँग्रेका जिल्ला उपसभापति देवराज ढकाल (ख) मा दानबहादुर पछाई, क्षेत्र नं २ (क) पूर्व पार्टी सचिव माधव नेपाल (ख) मा राम कार्कीले उम्मेदवारी दिएका छन् ।
 
वामगठवन्धनको तर्फबाट  प्रतिनिधिसभाको क्षेत्र नं. १ पुर्व भुमिसुधार मन्त्री दलबहादुर राना र क्षेत्र नं. २ मा पुर्व उद्योगमन्त्री सोम प्रसाद पाण्डेले उम्मेदवारी दिएका छन् । प्रदेशसभाको क्षेत्र नं. १ (क) मा युवराज खनाल (ख) मा पार्टी अध्यक्ष नारायण आचार्य, क्षेत्र नं. २ (क) मा डा. पुरन बज्राचार्य र (ख) तुलाराम घर्ती मगर (बसन्त) ले उम्मेदवार दिएका छन् । वामगठबन्धनमा घर्ती मगर माओवादी केन्द्रको उम्मेदवार हुन् । 

त्यस्तैगरी, राष्ट्रिय जनमोर्चाले प्रतिनिधीसभा क्षेत्र नं. १ मा पहलसिह सिंजाली, क्षेत्र नं २ मा विशाल दर्लामी ( बाल बहादुर), प्रदेशसभामा क्षेत्र नं. १ (क) मा पुर्णबहादुर फाल,  (ख) मा हरिप्रसाद गैरे, क्षेत्र नं. २ (क) मा पोष्टराज पन्त र (ख) मा निश्चल क्षेत्री (शेरबहादुर) ले उम्मेदवारी दिएका छन् । 

राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधीसभाको क्षेत्र नं. १ मा हरिदेव थापा र क्षेत्र नं २ मा धनकेशर सुर्यवंशी, प्रदेशसभा क्षेत्र नं. १ (क) मा कर्ण बहादुर थापा र (ख) मा भोजराज दर्जी, क्षेत्र नं. २ (क) मा सावित्री राना र (ख) मा रामबहादुर अस्लामीले उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रिय प्रजातन्त्रपार्टीले प्रदेशसभामा क्रमश मिन प्रसाद भण्डारी, विवेक गैरे, कष्ण प्रसाद अर्याल र बृहस्पति अर्याललाई उम्मेदवार बनाएको छ । 

मंगोल नेशनल अर्गनाइजेसनले प्रतिनिधि सभामा तुल बहादुर दर्लामी र थमन बहादुर बुढा र प्रदेशसभामा क्रमश रोमन राना, लाल बहादुर दर्लामी, टोप बहादुर खम्चा र देव प्रसाद श्रेष्ठलाई उम्मेदवार बनाएको छ । संघीय समाजवादी फोरम नेपालले क्षेत्र १ मा मनीषा घर्ती र प्रदेशमा रुपा परियार, मन काम्मु क्षेत्र नं. २ मा प्रतिनिधीसभाको लागि कुम बहादुर घर्तीमगरलाई उम्मेदवार बनाएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट प्रतिनिधिसभामा मानध्वज श्रेष्ठ र टेक बहादुर बि.कले उम्मेदवारी दिएका छन् । 

विभिन्न पार्टीबाट असन्तुष्ट जनाउदै स्वतन्त्रमा पनि उम्मेदार दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । स्वतन्त्रबाट मनोनयन दर्ता गराउने प्रतिनिधिसभामा क्षेत्र नं. १ मा विनोद देवकोटा, हरि देव थापा, रमेश प्रसाद खनाल, चुडामणि पोखरेल, धुव्रराज भण्डारीले लगायत रहेका छन् । प्रतिनिधिसभामा क्षेत्र नं. २ मा भूगोल प्रसाद बैजु श्रेष्ठ, होमनाथ न्यौपाने लगायतले उम्मेदवारी दिएका छन् । 

दोस्रो  चरणको प्रतिनिधि सभा र प्रदेशसभाको  निर्वाचनमा साना दलहरुले उम्मेदवारी दिए पनि जिल्लामा मुख्य प्रतिस्पर्धा बाम गठबन्धन र नेपाली काँगे्रस विच नै हुने देखिएको छ । २ नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लामा २० हजार बढी नयाँ मतदाता थपिएका छन् । गत साउन १ गतेदेखि भदौ ३ गते सम्म संकलन गरेको फोटो सहितको मतदाता नामावली संकलनमा जिल्लामा २० हजार ८ सय ११ जनाले नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । थपिएका मतदाता अन्तर्गत १० हजार ३ सय ७० पुरुष र १० हजार ४ सय ११ महिला रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ