arrow

एमाले–माओवादीले परिवर्तनको लागि भएका सबै आन्दोलनको जश दिए कांग्रेसलाई

logo
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
3dal.jpg

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेपाली राजनीतिको अग्रणी स्थानमा आउन सफल नेपाली काँग्रेसको भुमिकालाई गाली नै गर्ने ठाउँ नदेखेपछि घुमाउरो भाषामा सकारात्मक भुमिका खेल्न नसकेको भनी टिप्पणी गरेका छन् ।  

एमाले र माओवादी केन्द्रको संयुक्त चुनावी घोषणा पत्रमा ‘काँग्रेसले स्थापना कालमा कतिपय सामाजिक–आर्थिक सुधारका कदम चालेको भए पनि नेपाली काँग्रेसले सामन्तवादलाई अन्त्य गर्ने, जनतालाई अधिकारसम्पन्न बनाउने तथा राष्ट्रियतालाई सुदृढ गर्ने विषयमा सकारात्मक भुमिका खेल्न नसकेको’ बताइएको छ । 
एमाले र माओवादी केन्द्रले आफ्नो नीति ठीक देखाउने नाममा भने ‘काँग्रेसको मुख्य नीति सामन्ती निरंकुशतन्त्र र वैदेसिक एकाधिकारवादी पूँजीपति वर्गसंग सम्झौता र आत्मसमर्पणको रहँदै आएको छ’ भनेको छ । 

काँग्रेसलाई ‘कम्युनिष्ट पार्टीहरुसंग आफ्नो वर्गीय र पार्टीगत स्वार्थ रक्षाका निम्ति मात्रै सहकार्य गर्ने गरेको र मुल चरित्र कम्युनिष्ट विरोधी, श्रमजीवी जनता विरोधी र लोकतन्त्रलाई निहित स्वार्थ अनुरुप परिभाषित गर्ने खालको छ’ भनिएको छ । 

तर एमाले र माओवादी केन्द्रले पहिले काँग्रेसलाई गर्नेभरि गाली गर्दै पछि ‘काँग्रेस परिवर्तनको संवाहक’ भएको भन्दै ‘नेपाली काँग्रेस देश, जनता, आन्दोलन र क्रान्तिका पक्षमा उभिएका बेला नेपालका कम्युनिष्टहरुले त्यससंग सहकार्य गरेका छन्’ भनेको छ । 

घोषणा पत्रमा ‘भविष्यमा पनि नेपाली काँग्रेससित नेपालका कम्युनिष्टहरुको सम्बन्ध उसले अवलम्बन गर्ने नीति र व्यवहारमा आधारित रहने छ’ भनिएको छ । 

एमाले र माओवादी केन्द्रले काँग्रेसलाई ‘मुख्य रुपमा पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने यस पार्टीका नीतिहरु अहिले मुलतः दलाल तथा विदेशी एकाधिकार पुँजीवादको हित साधनामा केन्द्रित छन्’ भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ