arrow

शुक्रबार उम्मेदवारको विरोधमा उजुरी दिने दिन

logo
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
Election-Commission-hamrakura-3.jpg1.jpeg

काठमाडौं ।  प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत दोस्रो चरणमा हुने निर्वाचनअन्तर्गत शुक्रबार उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ । 

बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको विरोधमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार उजुरी दिने कार्यक्रम रहेको छ । 

प्रतिनिधि सभा-प्रदेश सभा निर्वाचनअन्तर्गत बिहीबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्य सम्पन्न भएको थियो । दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ चार हजार ७०८ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । ती उम्मेदवारी ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ सदस्य पदका लागि परेको हो । 

प्रतिनिधि सभातर्फ एक हजार ७४२ र प्रदेश सभातर्फ दुई हजार ९६६ उम्मेदवारी दर्ता भएको छ । यसैगरी, प्रतिनिधिसभातर्फ १२६ र प्रदेशसभातर्फ २०९ गरी जम्मा ३३४ महिलाको उम्मेदवारी परेको छ । 

निर्वाचन कार्यक्रमअन्तर्गत शनिबार उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ । कात्तिक १९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने सूची रहेको छ । 

निर्वाचनमा भाग लिन राजनीतिक दल र तिनका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले हिजो बाजागाजासहित सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ