झापाका मतदाताको एकै स्वर– ‘गणतन्त्रको खोल ओढ्ने वाम र राजतन्त्रवादीलाई भोट जान्न !’
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
450
Shares
झापा । झापा जिल्लामा मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाताहरु निकै उत्साही देखिएका छन् । कम्युनिष्टको गढका रुपमा परिचित भए पनि कम्युनिष्टको शाख जोगाउन नसकेको झापामा लोकतान्त्रिक जग बलियो हुँदै गएको छ ।
झापामा नेपाली काँग्रेसका नेताहरु पाकादेखि युवासम्मको सम्मिश्रण छ । एक विष्लेषकका अनुसार झापामा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच कडा टक्कर हुनेछ ।
उनका अनुसार यसअघिको निर्वाचनको मतलाई हेर्दा वाम गठबन्धनको मत बलियो देखिए पनि गठबन्धन हुनु र मत पाउनु फरक कुरा हो ।
उनले काँग्रेस एक्लैसमेत जित्न सक्ने क्षमता भएको पार्टी भएकाले यदि काँग्रेसका सही भोट जाने हो भने जित्न सक्ने दावी गरे ।
लोकतान्त्रिक गठबन्धनमा काँग्रेसलाई राप्रपाले समर्थन नगरेको सम्बन्धमा उनको दाबी छ –राप्रपाले काँग्रेसलाई सम्भवतः कहीं पनि समर्थन नगर्ला ।
उनले थपे, ‘काँग्रेस गणतन्त्रबादी पार्टी हो, राजतन्त्र फालेर अगाडि बढेको पार्टी हो, यहाँ गणतन्त्रका सुत्रधार कृष्णप्रसाद सिटौला (क्षेत्र नम्बर ३) छन्, अनुभवी डा खगेन्द्र अधिकारी (क्षेत्र नम्बर ५) छन्, अनि युवाहरु विश्वप्रकास शर्मा (क्षेत्र नम्बर १) छन्, उद्धव थापा (क्षेत्र नम्बर २) छन्, र देउमान थेबे (क्षेत्र नम्बर ४) छन् ।’
ती विष्लेषकको भनाइलाई आधार मान्ने हो भने काँग्रेसका इमानदार नेताहरुको पछाडि जस्तोजुकै वाम गठबन्धन र राप्रपाको षडयन्त्र फितलो हुन सक्छ ।
उनले झापामा आफूहरुले केही समयदेखि गहिरिएर अध्ययन गरेको र त्यहाँका जनताले स्पष्ट भनेको वाक्य सुनाए – ‘गणतन्त्रको खोल ओढ्ने वाम र राजतन्त्रवादीलाई भोट जान्न !’
यसलाई आधार मानेर भन्ने हो भने झापाको भिडन्त रोचक हुनेछ । एमाले अध्यक्ष केपी ओली क्षेत्र नम्बर ५ बाट उठेका छन् । तर उनी त भक्तपुरका मतदाता परे ।
राजनीति गरेको थलो झापा भएको बताएर तरंग ल्याउन खोजे पनि उनले पहिले नै झापा छाडेको स्पष्ट पार्दै केही पिडित एमाले नेताहरु भाग खोस्नमात्र झापा आउने गरेको प्रतिक्रिया दिन्छन् ।
भक्तपुरमा जित्ने निश्चित नभएरै ओली झापा आएकोसमेत सुनाउने बढी छन् ।
त्यहाँका एक काँग्रेसी नेता भने युवा र पाकाको मिश्रण भएकाले जो जहाँबाट च्यालेन्ज दिन आए पनि पराजित गर्न नसक्ने दाबी गर्छन् । ती नेताले भने, ‘मान्छेले अगाडि बढ्न खोज्छ त्यसैले सिटौलालाई भोट दिन छाडेर राजतन्त्रको बुई चढेर स्वार्थी राजनीति गर्ने राजेन्द्र लिङ्देनलाई भोट हाल्दैन ।’
एक वाम विष्लेषक भन्छन् –सिटौला अडान लिन सक्ने नेता भएकाले उनलाई पराजित गर्न सके भोलिका दिनमा काँग्रेससंग वाम गठबन्धनले वार्ता गर्दा पनि सजिलो हुन्छ, सिटौलालाई हराउन राप्रपासंग मिलियो ।’
काँग्रेसका प्रतिद्धन्द्धीका रुपमा विश्वप्रकाशलाई माओवादी केन्द्रका सुरेन्द्र कार्की (राम कार्की), उद्धवलाई एमालेकी पवित्रा निरौला, कृष्णप्रसाद सिटौलालाई राजेन्द्र लिङदेन, देउमानलाई एमालेका एलपी साँवा र खगेन्द्रलाई केपी ओलीले चुनौति दिएका छन् ।