काठमाडौं। पार्टी निर्णय र नेतृत्व विरुद्ध बागी भएर उमेद्वारी मधेश केन्द्रित दलमा पनि देखिएको छ। मधेश केन्द्रीत दलका अध्यक्षहरु बिरुद्धै बागी उमेद्वारी परेको छ।
राजपा फोरमको गठबन्धनका प्रमुख तीन शीर्ष नेताविरुद्ध बागी उम्मेदवारी परेको छ । रापपाका अध्यक्ष मण्डका महन्थ ठाकुरविरुद्ध सोही पार्टीका चन्द्रेश्वर झा महोत्तरी ३ मा बागी उम्मेदवार बनेका छन् । पूर्वसांसद झा केही समयअघिमात्र राजपा प्रवेश गरेका थिए ।
राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाविरुद्ध रौतहट १ मा पूर्व सभासद बबन सिंह बागी उम्मेदवार बनेका छन् । बबन सिंह स्वतन्त्र हैसियतमा पनि चुनाव जितेका व्यक्ति थिए।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध सप्तरी २ मा राजपा सहमहामन्त्री जयप्रकाश ठाकुर बागी उम्मेदवार बनेका छन् । ठाकुरको उमेद्वारीले यादवलाई पनि टाउको दुखाइ बनाएको छ।