काठमाडौं ७ मा काँग्रेसको निर्णय विरुद्ध आचार्यको उमेद्वारी
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
385
Shares
काठमाडौँ। लोकतान्त्रिक गठबन्धकको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ७ मा प्रतिनिधिसभा उम्मेद्वार बनेका राप्रपाका विक्रम थापा विरुद्ध काँग्रेसका स्थानिय नेताले वागी उम्मेद्वारी हालेका छन् ।
नेपाली काँग्रेसका महासमिति सदस्य सुदर्शन आचार्यले पार्टी निर्णयप्रति असहमति जनाउँदै उम्मेद्वारी दिएको जनाएका हुन् ।
आचार्यले आफूले उम्मेद्वारी नलिइ काँग्रेसले काँग्रेसलाई नै मतदान गर्ने अवस्थामा पुर्याउन चाहेको बताए।
काँग्रेस महासमिति सदस्य आचार्य नेपाली काँग्रेस क्षेत्र नम्बर ७ का पुराना नेता हुन् ।