arrow

यस्तो भो वामदेवको बर्दियामा

वाम गठबन्धनको संयुक्त उम्मेदवारी, काँगेस र राप्रपाको छुट्टा-छुट्टै

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
bamdev-gautem.jpg.jpeg

गुलरिया बर्दिया । आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि वाम गठबन्धन तथा नेपाली काँग्रेस र राप्रपाले उम्मेदवारी दर्ता गराएका छन् ।

वाम गठबन्धनका तर्फबाट क्षेत्र नं १ प्रतिनिधिसभामा एमालेका उपाध्यक्ष वामदेव गौतम, प्रदेशसभा १ (क) मा कविर थारु र १ (ख) मा तिलकराम शर्माले उम्मेदवारी दिएका छन् ।

त्यस्तै क्षेत्र नं २ प्रतिनिधिसभामा सन्तकुमार थारु तथा प्रदेशसभा २ (क)मा कुलप्रसाद पोखरेल र २(ख) मा दीपेश थारुले उम्मेदवारी दर्ता गराए ।

त्यसैगरी काँगेसबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा सञ्जयकुमार गौतम, प्रदेशसभातर्फ १(क)मा सोढे विष्ट र १ (ख)मा मंगल थारु, प्रतिनिधिसभा क्षेत्र नं २ मा गोपाल दहित, प्रदेशसभा २(क) मा रामचन्द्र थापा र २(ख) मा नाचुराम थारुले उम्मेदवारी दिएका छन् ।

जिल्ला निर्वाचन कर्यालयका अनुसार प्रतिनिधिसभा १ मा नेपाल मजदुर किसान पार्टीका चौलाराम जैसी र नयाँ शक्तिका केशव पौडेल तथा प्रदेशसभातर्फ १ (क) मा नयाँ शक्तिका आनन्द ढुंगाना, नयाँ शक्तिकै प्रतिनिधिसभा २ मा मोहनलाल थारुले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै स्वतन्त्रबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा रामसुरथ यादव तथा प्रदेशसभा १ (क)बाट विश्वेश्वर यादवले उम्मेदवारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ