काभ्रेमा गणेश लामाको भिडन्त युवा संघका उपाध्यक्ष चन्द्र लामासँग
‘म गुण्डा होइन साहसी युवा हुँ’
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
94
Shares
काठमाडौं । सम्पत्ति शुद्धिकरणको मुद्दा खेपिरहेका गणेश लामाले काभ्रेपलाञ्चोकमा नेपाली काँग्रेसकाबाट प्रदेश सभा सदस्यका लागि उमेदवारी दर्ता गराएका छन् ।
प्रहरीको गुण्डा नाइके सूचीमा पर्दै आएका लामा विजयकुमार गच्छदार निकट हुन् । गच्छदारले पार्टी काँग्रेसमा मिलाएपछि लामाले काँग्रेसबाट टिकट पाए ।
काभ्रेपलाञ्चोक–१ को ‘ख’ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका लामाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरणको मुद्दा चलिरहेको छ ।
गएको असोज ३० गते नेपाल लोकतान्त्रिक फोरम र काँग्रेसबीच एकीकरण भएको थियो । एकीकरणअघि लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य रहेका लामा दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो भएका थिए ।
उम्मेदवारी दर्तापछि लामाले लोकतन्त्रको रक्षा र कम्युनिष्ट शासन रोक्नका लागि आफूलाई कांग्रेसले जिम्मेवारी दिएको बताए ।
उनले आफू गुण्डा नाइके नभई साहसी युवा भएको बताएका छन् । लामाले भनेका छन्, ‘म गुण्डा नाइके होइन, मलाई तत्कालिन राज्य र मिडियाले गुण्डा नाइके भनेका हुन् ।’ उनले एमाले सम्वद्ध युवा संघका उपाध्यक्ष चन्द्र लामासँग प्रतिस्प्रर्धा गर्ने छन् ।