arrow

उम्मेदवारी दर्तापछि उपेन्द्रले भने– जन्मभूमिको माया लाग्यो

सप्तरी पुगेर आफै दर्ता गराए उम्मेदवारी, राजपाको समर्थन

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
upendra1.jpg

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको निर्वाचनको लागि यादवले बिहिबार जिल्ला निर्वाचन कार्यालय पुगेर आफै उम्मेदवारी दर्ता गराए ।

सप्तरी यादवको जन्मभूमि हो । अध्यक्ष यादवले जन्मभूमिबाट पहिलो पटक प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएका हुन् । यसअघि उनी सुनसरी ५ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

निर्वाचन आयोगको कार्यालयमा उम्मेदवारी दर्ता गराउँदै अध्यक्ष यादवले जन्मभूमिप्रतिको मायाले यहीबाट उम्मेदवारी दिएको प्रतिक्रिया दिए । संघीय समाजवादी फोरम नेपाल सप्तरीको व्यानरमा नेता कार्यकर्ता र समर्थकसहित दिउँसो दुई वजे उम्मेदवारी मनोनयन दर्ताका लागि यादव निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।

फोरम नेपालका अध्यक्ष यादवलाई सप्तरीमा राष्ट्रिय जनता पार्टीले समर्थन गरेको छ । उम्मेदवारी दर्ता गर्दा राजपा महासचिव मनिस सुमनसमेत यादवसँगै जिल्ला निर्वाचन कार्यालय पुगे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ