उपप्रधानमन्त्री थापाको उम्मेदवारी,लोकतान्त्रिक गठबन्धनमा कुनै असर गर्दैन
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
397
Shares
हेटौँडा । उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले ३ नं प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी आज मुख्य निर्वाचनको कार्यालय हेटौँडामा दर्ता गराएका छन्।
उनले त्यस अवसरमा मुलुकमा वाम गठबन्धनबाट उत्पन्न भएको परिस्थितिले नेपाली काँग्रेसको नेतृत्वमा राप्रपाले सहकार्य गर्दै जाने बताए ।
उनले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी छनोट गर्ने क्रममा काँग्रेस र राप्रपाको बीचमा सामान्य वादविवाद रहे पनि लोकतान्त्रिक गठबन्धनमा कुनै पनि असर नपुग्ने स्पष्ट पारे ।
उम्मेदवारी दर्ता गर्न थापा बिहीबार राप्रपा पार्टी कार्यालयबाट र्यालीका साथ मुख्य निर्वाचनको कार्यालयमा पुगेका थिए।