arrow

दोस्रो चरणका लागि उम्मेदवारी दर्ता हुँदै, १० देखि ५ बजेको समय

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
Election-Commission-hamrakura-3.jpg1.jpeg

काठमाडौं । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी बिहिबार हुँदैछ ।

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुन लागेको हो । निर्वाचन आयोगले बिहिबार बिहान १० देखि अपरान्ह ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।

सदरमुकाममा खोलिएको मुख्य निर्वाचन अधिकृत तथा क्षेत्रअनुसारको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।  

आयोगले उम्मेदवारी दर्ताका लागि सबै तयारी सकिएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दलहरूबाट र स्वतन्त्र उम्मेदवार हुन चाहनेलाई शान्तिपूर्ण एवं उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गर्न आहवान समेत गरेका छन् ।

दोस्रो चरणको निर्वाचनमा शीर्ष पार्टीका शीर्ष नेताहरु सबैले उम्मेदवारी दिंदैछन् ।

दोस्रो चरणमा तराई र पहाडका ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।

‘दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता हुनेछ ।

प्रतिनिधिसभाको कुल १ सय ६५ मध्ये ३७ र प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्रमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुँदैछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ