arrow

उम्मेदवारी दर्तामा सहभागी हुन दाङ कांग्रेसको सबैमा आह्वान

logo
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
congress-flag.jpg

घोराही । आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा सदस्यकालागि मनोनयन पत्र दर्ता भोलि हुँदैछ । दाङमा पनि भोलि भव्य उपस्थितिमा मनोनयन दर्ता गर्ने तयारी दलहरुले गरेका छन् । कांग्रेस जिल्ला समितिले उम्मेदवारी मनोनय दर्तामा भव्य रुपमा सहभागी हुन सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गरेको छ । आगामी मंसीर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनकालागि विहीवार दिउँसो घोराहीमा हुने उमेद्वारी मनोनयन दर्तामा सहभागी हुनकालागि सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गरेको हो । 

जिल्ला सभापति कृतिबहादुर खड्का र सचिव शंकर डाँगीले बुधवार एक विज्ञप्ती निकालेर कांग्रेसका महासमिति सदस्य, महाधिवेन प्रतिनिधी, जिल्ला, क्षेत्रीय, नगर, गाँउ समिति, भातृ संघसंगठन, सुवेच्छुक संघसंस्था र क्रियाशील सदस्यहरुमा उमेद्वारी मनोनयन दर्तामा दिउसो १ बजे जिल्ला पार्टि कार्यालय घोराहीमा झाँकी जुलुस सहित उपस्थित हुन अनुरोध गरेका छन् । 

आगामी मंसीर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनकालागि विहीवार कार्तिक १६ गते हुने मनोनयन पत्र दर्तामा सहभागी हुन नेपाली कांग्रेस दाङ साविक क्षेत्र नम्बर ३ ले सम्पूर्णमा अनुरोध गरेको छ । भोली १६ गते हुने मनोनयन दर्ता कार्यक्रममा उत्साहजनक रुपमा सहभागी हुन क्षेत्रीय समितिले बुधवार एक विज्ञप्ती निकालेर अनुरोध गरेको हो । 

क्षेत्रीय सभापति भुपबहादुर डाँगी र सचिव बद्रिकुमार खड्काले विज्ञप्ती निकालेर मनोनयन दर्तालाई भव्य र सभ्य बनाउनकालागि जिल्ला पार्टी कार्यालय घोराहीमा दिउसो १ बजे उपस्थित हुन कांग्रेसका नेता, कार्यकर्ता, महासमिति सदस्य, महाधिवेशन प्रतिनीधी, जिल्ला, क्षेत्रीय, नगर, गाँउ समिति, भातृ संघसंगठन, सुवेच्छुक संघसंस्था र क्रियाशील सदस्यहरु झाँकी जुलुस सहित उपस्थित हुन अनुरोध गरेका छन् । 

यस्तै नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले पनि प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागी बिहीबार हुने उम्मेद्धवारी मनोनयन दर्ताको लागि बिज्ञप्ती जारी गरी भोलि विहीवार दिउसो १ बजे पार्टी कार्यालयमा उपस्थितिका लागी सबैमा आग्रह गरेको छ । क्षेत्र नम्बर २ का सभापति गिरीराज सुवेदीले एक विज्ञप्ती निकालेर उम्मेद्धवारी मनोनयन दर्ताका समय रहेकाले सम्पुर्ण नेपाली कांग्रेसका कृयाशील सदस्य, गाउँ ईकाइ तथा क्षेत्रका पदाधिकारी, भातृ संगठनका पदाधिकारी, सुवेच्छुक संघ संस्था तथा प्रजातन्त्रप्रति आस्था राख्ने सम्पुर्णमा अनुरोध गरेका छन् ।

यसैबीच नेविसंघ दाङ क्षेत्र नम्बर ३ ले पनि भोलि हुने मनोनयन दर्तालाई भव्य रुपमा सम्पन्न गर्नका लागि शुभेच्छुक सबैमा उपस्थितिका अपिल गरेको छ । क्षेत्रीय सभापति  तिलक रावतले एक विज्ञप्ती निकालेर दिउसो १ बजे पार्टी कार्यालयमा उपस्थित हुन सम्पूर्ण नेता कार्यकर्ताहरुमा अनुरोध गरेका छन् । 

यस्तै, नेपाली काग्रेस घोराही उप महानगर पालिका वडा नम्वर १८ इकाइ समितीलेले पनि उमेदवारी मनोनयन दर्तामा सम्पूर्ण वडाबासीहरुमा अनुरोध गरेको छ । समितीको वुधवार वसेको वैठकले यस्तो निर्णय गरेको हो । वैठकले वडाका सम्पूर्ण क्रियाशील सदस्य, सदस्यहरु त्था शुभ चिन्तकहरुलाई आग्रह गरेको छ । समितीले बिहिवार दिउँसो १ बजे घोराही पार्टी कार्यालयमा सवैलाई आग्रह गरेको छ । वैठक साविक घोराही वडा नम्वर ६ का इकाइ समितीका सभापति मधुसुदन अधिकारीको अध्यक्षतामा भएको सचिव घनवहादुर रावतले जानकारी दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ