arrow

काँग्रेसबाट कञ्चनपुरमा क-कसले पाए टिकट ?

logo
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
congress-flag3.jpg

काठमाडौं । नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि नेपाली काँग्रेसले कञ्चनपुरको तीनवटै क्षेत्रका उम्मेदवारहरुको टुंगो लगाएको छ । बुधबार प्रधानमन्त्री निवासमा बसेको काँग्रेसको संसदीय बोर्डको बैठकले उम्मेदवारहरुको नाम टुंगो लगाएको हो । 

जस अन्तर्गत् प्रतिनिधि सभा निर्वाचन तफए कञ्चनपुर १मा दिवान सिंह विष्टलाई काँग्रेसले उम्मेदवार बनाएको छ । सोही क्षेत्रमा प्रदेश तर्फको क मा गोपाल गुरुङ र १ खमा रामलाल राना थारुले टिकट पाएका छन् । 

त्यस्तै, प्रतिनिधि सभा तर्फको कञ्चनपुर क्षेत्र नं २ मा नारायण प्रकाश (एनपी) साउदलाई उम्मेदवारको रुपमा उठाएको छ । त्यस्तै, प्रदेश तर्फ क मा पुस्कर राज ओझा र ख मा बहादुर सिंह थापाले टिकट पाएका छन् । 

त्यस्तै, कञ्चनपुर क्षेत्र नं ३ मा प्रतिनिधि सभा तर्फ रमेश लेखक र प्रदेश तर्फको क मा यज्ञराज जोशी र ख मा बेल बहादुर रानालाई काँग्रेसले उम्मेदवार बनाउने निर्णय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ