रुकुममा काँग्रेसको जित निश्चित छ – गोपालजीजङ्ग शाह
लोकेन्द्र खनाल
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
134
Shares
रुकुम । नेपाली काँग्रेसका नेता एवं आगामी मंसीर १० गते हुने प्रतिनिधि सभामा पश्चिम रुकुमका प्रत्यक्ष उम्मेदवार गोपालजीजङ्ग शाहले लोकतन्त्रको रक्षाको लागि नेपाली काँग्रेसले जित्नै पर्ने बताएका छन् ।
मुसिकोट नगरपालिका ७ साँखमा भएको रुकुम क्षेत्र नं. १ को चुनावी सभा कार्यक्रमलाई सम्बोधन गर्र्दै उनले नेपालका कम्युनिटहरुले बेला बेलामा जनतालाई धोका दिंदै आएको स्मरण गराउँदै अहिले पनि बाम गठबन्धनको नाममा उनीहरुले नेपाली जनतालाई धोका दिन लागेकोले यसतर्फ सचेत हुन सबै मतदाताहरुलाई आग्रह गरे ।
लोकन्त्र बलियो भए मात्र देशको विकास र समृद्धि सम्भव हुने भएकाले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनमालोकतान्त्रीक शक्तिको बहुमत आउने उनको भनाई थियो ।
पूर्व राज्यमन्त्रीसमेत रहेका नेता शाहले रुकुमको विकास र समृद्धीको लागि आफु र आफ्नो पार्टीले ठुलो योगदान गरेकाले अब हुने निर्वाचनमा रुकुमेली जनताले आफुलाई बिजयी गराएर छोड्ने दाबी गरे ।
कार्यक्रममा नेपाली काँग्रेस रुकुमका सभापति प्रेमप्रकाश ओलीले अबको निर्वाचमा काँग्रेसले जित्ने निश्चित भएकोलेनिर्वाचनमा सक्रिय भएर लाग्ननेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।
रुकुममा माओवादीले जनतालाई धेरै भ्रममा राखेकोले अबको निर्वाचमा यहाँका सचेत नागरीकले काँग्रेसलाई जिताउने उनको दावी थियो ।
देशमा भएका हरेक परिवर्तनको नेतृत्व काँग्रेसले नै गरेकोले अब संविधान कार्यान्वय गरेर देशको आर्थिक समृद्धिको नेतृत्व पनि काँग्रेसले नै गर्ने सभापति ओलीले बताए ।
यस्तै कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं प्रदेश सभाको लागि क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार कृष्णबहादुर रोकायले रुकुमको विकास र समृद्धिको लागि नेपाली काँग्रेससँग मात्र योजना र भिजन रहेएकाले अबको निर्वाचनमा रुकुमेली जनताले काँग्रेसलाई जिताउने दावी गरे ।
रुकुमको शिक्षा, स्वास्थ्य, विद्युत, रोजगार लगायतको विकासमा आफ्नो पार्टीले महत्वपूर्ण भुमिका निर्वाह गरेकोले स्मरण गराउँदै नेता रोकायले अबको निर्वाचमा रुख चिन्हमा मतदात गरेर काँग्रेसलाई जिताउने आग्रह समेत गरेका छन् ।
कार्यक्रममा नेपाली काँग्रेस रुकुमका कोषाध्यक्ष मोहविर खड्का, सल्लाकार समिति सदस्य बरिष्ठ अधिवक्त नबराज गौतम, महाधिवेशन प्रतिनिधि सीता ओली, नेपाल महिला संघकी जिल्ला अध्यक्ष मनिषा भण्डारी, मुसिकोट नगरसभापति महेन्द्र केसी, क्षेत्र नं. १ का पूर्व क्षेत्रीय सभापति लालबहादुर महत लगायतको उपस्थिति रहेको थियो ।