काठमाडौं क्षेत्र ५ को विकासको लागि काम गर्छु : डा. महत
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
134
Shares
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव काठमाडौं क्षेत्र नं. ५ का उम्मेदवार डा. प्रकाशशरण महत आफु क्षेत्र नं ५ को समग्र विकासका लागि प्रतिबद्ध भएर लाग्ने बताएका छन्। काठमाडौं महानगरपालिका वडा नं. ५ द्धारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा. महतले क्षेत्र नं. ५ मा रहेका ऐतिहासिक एंव धार्मिक मठमन्दिर, जात्रा र पर्वहरुको संरक्षण र संर्बदनमा आफुले महत्वका साथ काम गर्ने बताए।
उनले कम्युनिष्ट अधिनायकवादबाट देशलाई जोगाउन लोकतन्त्रवादीलाई जिताउनु पर्ने बताए। क्षेत्र नं. ५ का जनता लोकतन्त्र प्रति प्रतिबद्ध रहेकाले कांग्रेसको जित सुनिश्चित रहेको बताउँदै कार्यकर्तालाई उच्च मनोबलका साथ चुनावी अभियानमा लाग्न आब्हान गरे।
कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ५ का क्षेत्रिय सभापति रमेश खड्काले लोकतान्त्रिक मुल्य मान्यता जोगाउन पनि कांग्रेसलाई जिताउनु पर्ने बताए। उनले क्षेत्र ५ ले सक्षम नेतृत्व उम्मेदवारका रुपमा पाएका कांग्रेस जित सुनिश्चित भएको बताए। नेपाली कांग्रेस कामपा ५ का सभापति एंव कामपा ५ का वडा अध्यक्ष रमेश डंगोलले पनि कांग्रेस उम्मेदवारलाई जिताउन आब्हान गरे।
बुढानिलकण्ठ क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धता
नेपाली कांग्रेसका नेता एंव क्षेत्र नं. ५ का उम्मेदवार डा.प्रकाशशरण महतले नेपाली कांग्रेस धार्मिक सहअस्थीत्वलाई सम्मान गर्दै धार्मिक एंव पुरातात्वीक सम्पदाहरुको विकासलाई उच्च महत्वका साथ काम गर्ने बताएका छन्। ठुलो एकादशीको अवसरमा बुढानिलकण्ठ मन्दिर परिसरमा आयोजित महायज्ञ सप्ताह कार्यक्रममा प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै डा. महतले पवित्र बुढानिलकण्ठ क्षेत्रको विकासका लागि आफु क्रियाशिल रहने प्रतिबद्धता समेत व्यक्त गरे। कार्यक्रममा महायज्ञमा आर्थिक सहयोग गर्ने दाताहरुलाई डा.महतले सम्मान गरेका थिए।