arrow

झापामा ६९२ मतदान केन्द्र कायम

logo
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
Jhapa_District.png

भद्रपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाका लागि झापामा २८३ मतदानस्थल र ६९२ मतदान केन्द्र कायम गरिएको छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचनबाट पाँचजना प्रतिनिधि सभा र १० जना प्रदेश सभाका प्रतिनिधि निर्वाचित हुने छन् । जिल्लामा मतदाताको संख्या पाँच लाख ८५ हजार १६६ रहेको छ । 

निर्वाचन क्षेत्र नं १ मा ४५ मतदानस्थल र १२० मतदान केन्द्र, क्षेत्र नं २ मा ४८ मतदानस्थल र १३६ मतदान केन्द्र, क्षेत्र नं ३ मा ६७ मतदानस्थल र ११४ मतदान केन्द्र, क्षेत्र नं ४ मा ६२ मतदानस्थल र १३३ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नं ५ मा ६१ मतदानस्थल र १५९ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ