मेस्सीको चमत्कार जारी, १० खेलमा १२ गोल, बार्सिलोना शिर्षमै
प्रकाशित २०७४ कार्तिक १२ आइतबार
541
Shares
काठमाडौं । स्पेनिस फुटबल क्लव बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शिर्ष स्थानमै रहेको छ । एथलेटिक बिलबाओलाई २–० ले पराजित गर्दै बार्सिलोना शिर्ष स्थानमै रहेको हो ।
बार्सिलोनालाई जिताउन लियोनल मेस्सी र पाउलिन्होले १–१ गोल गरे । मेस्सीको यो लिगको १० खेलमा १२ औं गोल हो ।
लिगका शनिबार राति भएका अन्य खेलमा सेभिल्लाले लेगानसलाई २–१ ले हरायो भिल्लारियल र एथलेटिको मड्रिडले १–१ बराबरी खेले ।
आइतबार राति रियाल मड्रिडले गिरोनासंग खेल्दैछ ।
१० खेलबाट बार्सिलोनाको २८, भ्यालेन्सियाको २४, ९ खेलबाट रियाल मड्रिडको २० अंक छ ।