अर्जुन नरसिंहसँग भिड्न पुगे साझा विवेकशिलका पुरुषोत्तम
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
434
Shares
नुवाकोट। नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह चुनावी मैदानमा भिड्न साझा विवेकशिल पार्टीका तर्फबाट पुरुषोत्तम अधिकारी मैदानमा उत्रिएका छन्। अधिकारीले वाम गठवन्धनका नारायण खतिवडासँग मैदानमा भिड्नेछन्।
संमृद्धि शुसासन भ्रष्टाचार मुक्त समाजका लागि आफू उमेद्वार भएको अधिकारीले बताएका छन्। अधिकारी भ्रष्टाचार विरोधी आन्दोलनमा सक्रिय अभियन्ता हुन्।
२०४६ को जनआन्दोलनमा नुवाकोट जिल्लामा सक्रिय भूमिका निर्वाह गरेका अधिकारी नेबिसंघका पुर्व जिल्ला सह सचिव थिए। उनले नेपाल किसान संघमा उपसभापति भएर काम गरेका थिए।
रिपोटर्स क्लब नुवाकोट शाखाका पूर्व अध्यक्ष समेत रहेका अधिकारी नुवाकोटका युवा माझ लोकप्रिय रहेका छन्।
राष्ट्र भन्दा आफू मात्र बन्नु पर्ने मानकसितालाई चिर्दै आफू राजनीतिमा होमिएको उनले बताए।