मनाङेको बलमा मनाङको पाँचौं पार्टी एमाले कति उफ्रिएला ?
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
159
Shares
काठमाडौं । मनाङबाट उम्मेदवारी दिने केही दिन अघिमात्रै एमाले नेता दीपक मनाङेले मतदाताहरुलाई एउटा अफर दिए । नेता मनाङेले आफूलाई भोट नहाले आफन्त भए हातको औला मात्रै काट्ने र आफन्त नभए पूरै हात काट्ने धम्की दिए । उनको यो अफरले धेरै मनाङबासी त्रसित त बने होला । तर, उनको धम्कीकै भरमा भोट पाईन्छ भन्ने एमाले पार्टी र मनाङेको सोचाई कत्तिको सत्य सावित होला त्यो भने निर्वाचनसम्म कुर्नैपर्ने देखिन्छ ।
२०७० सालको संविधानसभा निर्वाचनमा मनाङमा एमाले लज्जास्पद मतका साथ पाँचौ पार्टी बनेको थियो । जिल्लामा पहिलो हुने नेपाली काँग्रेस, दोस्रो हुने राप्रपा र तेस्रो हुने राप्रपा नेपाल तीन वटै पार्टीले काँग्रेस उम्मेदवार टेक बहादुर गुरुङलाई समर्थन गर्दै उम्मेदवार नै उठाएका छैनन् । संविधान सभाको निर्वाचन २०७० मा यी पार्टीहरु मध्ये काँग्रेसले १५ सय २७ त ल्याएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले सो निर्वाचनमा ११ सय ९२ मत ल्याएको थियो भने राप्रपा नेपालले ५ सय ६३ मत ल्याएको थियो ।
अहिले बाम गठबन्धनमा जोडिएका माओवादीले २ सय ६१ मत ल्याएको छ भने एमालेको उम्मेदवारले जम्मा ८० मत ल्याएका थिए । अहिले जिल्लाको प्रतिनिधि सभा निर्वाचनमा जम्मा २ जना उम्मेदवारको मात्रै उम्मेदवारी परेको छ । स्थानीय तहको निर्वाचनको कुरा गर्दा दुई दुई वटा स्थानीय तहमा विजयी हाँसिल गरेको जिल्लामा २०६४ सालमा भने माओवादीका देव गुरुङले चुनाव जितेका थिए ।
त्यसैले अहिलेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचमा राप्रपाबाट एमालेमा प्रवेश गरेका नेता दिपक मनाङेको प्रवेशले काम गठबन्धनको तर्फबाट एमालेको उम्मेदवार कति सम्मानजनक मत ल्याउन सक्छ भन्नेकुरा धेरैलाई चासोको विषय बनेको छ । राप्रपाबाट केही कार्यकर्ताहरु भित्र्याएको र माओवादीको पनि समर्थन रहेको भन्दै एमालेले आफ्नो जीतको सुनिश्चितता प्रस्तुत गर्दै आएको भएपनि एमालेको जीतको मुख्य आधार भनेको नै मनाङे रहेको कुरा केही दिन अघि एमालेले प्रदेश तर्फ आफ्नोे आधिकारिक उम्मेदवारलाई फिर्ता बोलाएर गरेको मनाङेको सम्मानले पनि देखाएको छ ।