arrow

 आचारसंहिता पालना नगर्नेलाई कारबाही गर्न राजनीतिक दलहरुको माग

logo
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
Election-Commission-hamrakura-3.jpg.jpeg

हेटौँडा । जिल्ला निर्वाचन कार्यालय, मकवानपुरद्वारा जिल्लामा आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आचारसंहिता अक्षरशः पालना गर्नेसम्बन्धी विभित्र राजनीतिक दलहरुको तर्फबाट हुने उम्मेदवारका लागि बिहिबार छलफल कार्यक्रमको आयोजना गरिएको छ । 

छलफल कार्यक्रममा नेकपा (एमाले) मकवानपुरका अध्यक्ष मुनु सिग्देल, नेकपा (माओवादी केन्द्र)का सहइन्चार्ज प्रेमबहादुर पुलामी, नेपाली काँग्रेसका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा र राप्रपा मकवानपुरका प्रतिनिधि सीताराम बर्तौलाले निर्वाचन आयोगले तोकेको आचारसंहितालाई अक्षरशः पालना गर्ने दृढता व्यक्त गर्दै दलगतरुपमा निषेध गरिएको निर्वाचन सामग्री वितरण नगर्ने र दलको तर्फबाट उम्मेदवारहरुले आचारसंहिता विपरीत कार्य गरेमा निर्वाचन आयोगले कडा कारबाही गर्नुपर्ने माग गरे । 

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयको तर्फबाट जिल्ला निर्वाचन अधिकारी गोविन्दप्रसाद पौडेलले निर्वाचन आयोगले तोकेको राजनीतिक दल तथा विभित्र दलको तर्फबाट उम्मेदवार भएका व्यक्तिले पालना गर्नुपर्ने आचारसंहिता र चुनावी प्रचारप्रसार अभियानलाई निष्पक्ष र पारदर्शी बनाउनु पर्ने र निर्वाचन ऐनको विषयमा जानकारी गराएका थिए । 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले उम्मेदवारले निर्वाचन आचारसंहिता पालना गरे नगरेको अनुगमन गर्ने र अनुगमन गर्दा उल्लंघन गरेको पाइएमा कारबाहीका लागि निर्वाचन आयोगमा सिफारिस गर्ने तथा निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पत्र गराउन शान्ति सुरक्षा मजबुत तुल्याउने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ