arrow

वाम गठबन्धनले गठन गर्यो संयुक्त प्रचारप्रसार समिति

logo
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
gathabandhan.JPG

विराटनगर ।  वाम गठबन्धनले संघ र प्रदेशको निर्वाचनमा संयुक्त भएर प्रचारप्रसार गर्ने निर्णय गरेका छन् । 

वाम गठबन्धनमा सहभागी एमाले र माओवादी केन्द्र मोरङको संयुक्त निर्वाचन परिचालन समिति बैठकले संयुक्तरूपमा प्रचारप्रसार गर्ने निर्णय गरेको हो ।

वाम गठबन्धनले नेकपा (एमाले)का जिल्ला अध्यक्ष विनोद ढकालको नेतृत्वमा ११ सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति निर्माण गरेको छ । 

समितिमा माओवादीका जिल्ला इन्चार्ज कुशल लिम्बू, संयोजक गोपी अछामी, सहसंयोजक गणेश उप्रेतीसहित एमालेका नरेश पोखरेल, बाबुराम कार्की, रामलाल शाहलगायत छन् । 

निर्वाचन परिचालन समितिको बैठकले संयुक्त उक्त समितिको कार्यालयलाई एमाले जिल्ला पार्टी कार्यालय विराटनगरस्थित पाञ्चालीमा स्थापना गरेको छ । 

उक्त समितिले सबै निर्वाचन क्षेत्रदेखि वडा तहसम्म संयुक्त स्वयंसेवक, प्रचार, अनुगमन र सांस्कृतिक समिति निर्माण गर्नेसमेत निर्णय गरेको छ । 

वाम गठबन्धनले मोरङमा यही कात्तिक १६ हुने उम्मेदवार मनोनयन कार्यक्रमलाई पनि भव्य बनाउने निर्णय समेत गरेको छ । 

मोरङ जिल्लामा संघीय संसद्मा ६ र प्रदेशमा १२ सिट छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ