मंसिर १० को निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
236
Shares
काठमाडौं । निर्वाचन आयोगले मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली बुधबार सार्वजनिक गर्दैछ ।
आयोगले नामावली सार्वजनिक गरेसँगै बुधबारै उम्मेदवारहरुलाई निर्वाचन चिह्नसमेत वितरण गर्ने जनाएको छ ।
उम्मेदवारी दिएकाहरुमाथि परेका उजुरी छानबिन गरी आयोगले नामावली सार्वजनिक गरेको छ ।
उम्मेदवारी फिर्ता लिन चाहनेहरुलाई आयोगले बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजे सम्मको समय तोकेको छ ।
आयोगले दिउँसो ३ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरिने जनाएको छ ।
निर्वौचन आयोगले साँझ ६ बजेसम्म सबै उम्मेदवारलाई निर्वाचन चिह्न दिइने समेत जनाएको छ ।
पहिलो चरणअन्तर्गत मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभाका लागि ७४ सिटका लागि ५ गते उम्मेदवारी दर्ता भएको थियो ।