फिफा वर्ष खेलाडीमा रोनाल्डोको ह्याट्रिक, मेस्सी र नेइमार हेरेको हेर्यैे
प्रकाशित २०७४ कार्तिक ७ मंगलबार
483
Shares
लण्डन। विश्व फुटबलका आकर्षण क्रिस्टियानो रोनाल्डो फिफाको पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्। उनले योसंगै फिफा वर्ष खेलाडीमा ह्याट्रिक समेत गरेका छन्। पोर्चुगल र स्पेनिस क्लब रियाल मड्रिडका स्टार फुटबलर रोनाल्डोले अर्जेन्टिना तथा स्पेनिस क्लव बार्सिलोनाका स्टार लियोनल मेस्सी र ब्राजिलका स्टार नेइमारलाई पछि पार्दै उत्कृष्ट वर्ष खेलाडी बन्न सफल भएका हुन्।
सोमबार राति लण्डनमा आयोजित कार्याक्रममा रोनाल्डोले लगातार दोस्रो वर्ष फिफाको पुरुषतर्फको उत्कृष्ट वर्ष खेलाडीको अवार्ड हात पारे। सन् २०१७ मा रोनाल्डोले रियाल मड्रिडलाई युरोपियन च्याम्पियन लिगको उपाधि तथा स्पेनिस लिग ला लिगाको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। रोनाल्डोले पोर्चुगललाई युरोकपको उपाधि दिलाउन भूमिका खेलेका थिए।
उनले २०१७ मा मात्रै क्लब र राष्ट्रका लागि गरी ४४ गोल गरेका छन्। फिफाले गत वर्षदेखि बेस्ट फुटबल अवार्ड दिन थालेको हो । यसअघि फिफाले बलुन डेओरका नाममा वर्षका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्दै आएको थियो। बलुन डे ओर फ्रेन्च फुटबल पत्रिकाले आयोजना गर्दै आएको अवार्ड कार्यक्रम हो। महिलातर्फ नेदरल्याण्डकी खेलाडी लेईके मर्टिन्स उत्कृष्ट फुटबलर बनेकी छिन्।