arrow

ओखलढुंगामा कांग्रेसका बागीः जिल्ला सभापतिविरुद्ध तरुण दल अध्यक्ष 

logo
प्रकाशित २०७४ कार्तिक ६ सोमबार

ओखलढुंगा । ओखलढुंगामा कांग्रेस जिल्ला सभापति प्रदीप सुनुवारविरुद्ध तरुण दल अध्यक्ष ज्ञानेन्द्र रुम्दाली वागी उम्मेदवार भएका छन् । 

प्रदेशसभा ‘ख’मा पार्टी सभापति प्रदीप सुनुवार विरुद्ध रुम्दालीले बागी उम्मेवारी दिएका हुन्। अर्कै क्षेत्रका सुनुवार ‘ख’मा आएर उम्मेदवार बनेको र टिकट वितरणमा अन्याय भएको भन्दै उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

रुम्दाली ०७० को संविधानसभा चुनावमा पनि बागी उम्मेदवार भएर करीव ३ हजार मत ल्याएका थिए । 

रुम्दाली तरुण दल ओखलढुंगाका जिल्ला अध्यक्ष समेत हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ